fbpx

चीनमा कम्युनिस्ट शासनको ७० वर्ष धुमधामले मनाउँदै

विराटनगर १४ असोज । चीनले यही वर्ष कम्युनिस्ट शासनको ७० औँ वर्ष मनाउँदै छ । विश्व मानचित्रमा २० औँ सताब्दीमा असाधारण विकास आफैमा एक इतिहास बनेको छ । १ अक्टोबर १९४९ मा माओत्से तुङ्गले चीन गणराज्य भएको घोषणा गरेका थिए ।

आधुनिक चीनको निर्माण भएसँगै दमन र विकास दुवै चर्चाको विषय बन्ने गरेको छ । मंगलबार (आज) चीनमा कम्युनिस्ट शासनको ७० औँ स्थापना दिवसको अवसरमा बेइजिङको तिएन्मेन स्क्वायरमा ट्यांक, मिसाइल लञ्चर र १५ हजार सैनिकको मार्चपास गराइने छ । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका सर्वाेच्च नेता तथा राष्ट्रपति सी चिनफिङले देशको शक्ति, सम्वृद्धि र वैभवको अवलोकन गर्ने छन् ।

१ अक्टोबर १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओले तियान्मेन स्क्वायरमा देश नयाँ युगमा प्रवेश गरेको घोषणा गरेका थिए । देश विकासको गतिमा अघि बढेपनि चिनियाँहरुले राजनीतिक स्वतन्त्रता, मिडियाको सेन्सरशिप र धेरै खालका बन्देज स्विकार्नुको विकल्प छैन् ।

Loading...