fbpx

म्यानचेस्टरले आर्सनलसँग अंक बाड्यो

विराटनगर १४ असोज । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र आर्सनलबीचको खेल बराबरीमा सकिएको छ । म्यान्चेस्टरको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा लण्डन क्लब आर्सनलसंग १–१ गोलको बराबरी गर्दै युनाइटेडले अंक बाँडेको हो ।

युनाईटेडले ४५ औँ मिनेटमा स्काट म्याक टोमिनेको गोलबाट अग्रता लिएपनि पियरी एम्रिक अबुमियाङले ५८ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए । त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा अंक बाडिएको हो ।

सन् १९९८ पछि प्रिमियर लिगको सुरुवाती सात खेलमा सात भन्दा बढी गोल गर्ने अबुमियाङ आर्सनलको पहिलो खेलाडी बने । अंक बाड्न परेपछि घरेलु टोली युनाईटेड ९ अंक सहित तालिकाको दसौँ स्थानमा छ । आर्सनल १२ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

Loading...