fbpx

तीन महिना जिवित र मृत शिशु गर्भमासँगै

विराटनगर १३ असोज । मोरङ सहकारी अस्पताल विराटनगरले सल्यक्रिया गरी एक महिलाको गर्भबाट जिवित र मृत शिशु निकालेको छ । विराटनगर मधुमाराकी प्रीति सिंहको ३१ हप्ताको गर्भबाट सल्यक्रिया गरी जिवित र मृत शिशु निकालिएको हो ।

प्रीतिको गर्भ १८ हप्ताको हुँदा जुम्ल्याहा मध्ये एक शिशुको मृत्यु भएको थियो । एउटा शिशुको मृत्यु भएको १३ हप्तापछि गत १ असोजमा दुईवटै शिशुलाई स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर बालकृष्ण साहको टिमले शल्यक्रिया गरी निकालेको हो ।

प्रीतिको गर्भ १८ महिनाको हुँदा गर्भमा रहेका जुम्ल्याहा शिशु मध्ये एउटा शिशुको ‘सिस्टिक हाइग्रोमा’का कारण मृत्यु भएको थियो । शिशुको मृत्युपछि १३ हप्तासम्म निरन्तर डाक्टर साहको टिमले निगरानी गरेको थियो । ‘सिस्टिक हाइग्रोमा’ भएको बच्चालाई बचाउन निक्कै जोखिमपूर्ण हुन्छ, तर प्रीतको गर्भमा रहेको अर्को बच्चा ठिकै रहेकोको थियो,’ डा. शाहले भन्छन ‘ आमाको चाहानाका कारण नियमित स्वास्थ्य परीक्षण गरी शिशुलाई बचाउन सफल भयौं ।’

१७ अषाढमा पहिलो पटको उनको स्वास्थ्य परिक्षण भएको थियो । साउनमा गर्भमा रहेका दुई मध्ये एक बच्चा गर्भमा मृत्यु भएको थियो । तीन महिनासम्म मृत बच्चा गर्भमा रहदा आमाको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ । तर निरन्तर निगरानीमा राखेर ३१ हप्तापछि शल्यक्रिया गरिएको डाक्टर साहले बताए । गत १ असोजमा शल्यक्रिया गर्दा प्रीतिले १ केजी ४०० ग्रामकी छोरीलाई जन्म दिएकी थिइन् । शिशुलाई डेढसाता एनआइसियूमा राखिएको थियो । शिशुको अवस्थामा सुधार भएपछि नवजात छोरी र आमाको डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

३१ हप्तामा जन्मिएकी शिशको उपचारकालागि लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलले सहयोग गरेको छ । १० दिनसम्म एनआइसियूमा राखिएको नजवात शिशुको उपचामा खर्चको २५ प्रतिशत क्लबले तिरिदिएको लयान्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलका अध्यक्ष समेत रहेका डाक्टर साहले बताए ।

Loading...