fbpx

फ्याक्ट्रीमा लागेको आगोका कारण पूर्वी चीनमा १९ को मृत्यु

हाङझोउ, १२ असोज । चीनको पूर्वी क्षेत्रस्थित झेजिआन प्रान्तको निङ्बो शहरमा एक फ्याक्ट्रीमा लागेको आगोमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । निङ्हाई जिल्लाको सो शहरमा रहेको आधारभूत आवश्यकताका सामग्रीहरू उत्पादन गर्ने फ्याक्ट्रीमा आइतबार दिउसो १ बजे आगलागी भएको हो ।

आगलागीमा परि अन्य केही घाइते भएका र सोमबार विहानसम्म १९ जनाको मृत्यु भएको पुष्टि स्थानीय प्रशासनले गरेको छ । आगलागीको कारणबारे अनुसन्धान जारी रहेकोले थप जानकारी पछि आउने प्रशासनले जनाएको छ ।

Loading...