fbpx

दुबई दुर्घटना : मृतक नेपालीको संख्या ६ पुग्यो

यूएई १३ असोज । यूएईको दुबईमा भएको बस दुर्घटनामा परि ६ जना नेपाली कामदारको मृत्यु भएको छ । रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको दुर्घटनामा परि मृत्यु भएको यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिए । मृतकहरुको ठेगाना भने नखुलेको काउन्सुलर कार्कीले बताए ।

फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीसँग ठोक्किएर दुर्घटना हुँदा ६ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एक पाकिस्तानी र एक भारतीय नागरिक रहेका छन् ।

दुबई प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा उपचार भइरहेको छ ।

Loading...