fbpx

उत्तरी भारतमा बाढीको कारण ४४ जनाको मृत्यु

नयाँ दिल्ली १३ असोज । भारतको बिहार र उत्तर प्रदेशका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको छ । बिहार राज्य विपद व्यवस्थापन निकायका अनुसार सोमबारसम्म २९ जनाको मृत्यु भइसकेको छ । वर्षा अझै नरोकिएको र खोजी एवं उद्धारका कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बिहार सरकारले बाढी प्रभावित मानिसको उद्धार गर्न, सहायता सामग्री र औषधि गाउँ नगरमा पु¥याउन भारतीय वायु सेनालाई दुई वटा हेलिकप्टर उपलब्ध गराउन अनुरोध गरेको छ ।  मुख्यमन्त्री नितिश कुमारले आइतबार अपराह्न राज्यको राजधानी पटनाका विभिन्न स्थानको निरीक्षण गरेका छन् । स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै मुख्यमन्त्री नितिश कुमारले भारी वर्षाका कारण गंगाको पानीको सतह बढेका कारण जताततै डुबानको समस्या देखिएको बताए । भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार र आसपासका क्षेत्रमा अझै दुई दिन भारी वर्षा हुनेछ ।

यस्तै उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उत्तर प्रदेशको पूर्वी क्षेत्रमा बर्षाको कारण उनीहरुको मृत्यु भएको हो । उत्तर प्रदेशका राहत व्यवस्थापन आयुक्त जीएस प्रियदर्शीले २ सय ९४ ओटा घरहरु पनि क्षति पुगेको बताए ।

सन्त रविदास नगर, अजाम्गार्ह, मिर्जापुर, वाराणसी, प्रतापगार्ह, अम्बेडकर नगर, चण्डौली, प्रायगराज र जौपुरमा असामान्य बर्षा भइरहेको प्रियदर्शीले बताए ।  बर्षाका कारण बाढीको तह बढेर गंगा नदीमा घाजीपुर जिल्ला र कुवानो नदीको गोँडा जिल्लामा खतराको अवस्था देखिएको उनले जानकारी दिए ।

Loading...