fbpx

रामोसलाई ४ खेलमा प्रतिबन्ध लाग्न सक्ने !

एजेन्सी, १३ असोज । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसलाई कम्तिमा ४ खेलमा प्रतिबन्ध लाग्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्पेनिस मिडिया ‘एएस’का अनुसार ‘मड्रिड डर्बी’का क्रममा लाइन्सम्यानसँग अनुचित व्यवहार देखाएको आरोपमा रामोसलाई ४ खेलमा प्रतिबन्ध हुन सक्नेछ ।

ला लिगाअन्तर्गत रियल मड्रिड र एथ्लेटिको मड्रिडबीचको खेल गोलरहति बराबरीमा रोकिएको थियो । एथ्लेटिकोको घरेलु मैदानमा भएको उक्त खेलका क्रममा रामोसले लाइन्सम्यानको अपमान गरेको आरोप लागेको थियो । त्यसपछि एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले रामोसविरुद्ध रिस पोखेका थिए ।

खबरका अनुसार सिमोनले आधिकारिक रूपमा ला लिगामा रामोसलाई लिएर उजुरी दिएका छन् । अब ला लिगाले सिमोनको उजुरीमाथि अनुसन्धान थाल्ने बताइएको छ । यदि, त्यस अनुसन्धानमा रामोस दोषी देखिएमा उननलाई ४ वटा खेलमा प्रतिबन्ध लाग्ने एएसको दाबी छ । यदि, रामोसमाथि प्रतिबन्ध लागेको खण्डमा उनले च्याम्पियन्स लिगको २ वटा र ला लिगाका २ वटा खेल खेल्न पाउने छैनन् ।

Loading...