fbpx

‘शोले’ का ‘कालिया’को ७८ वर्षको उमेरमा निधन

विराटनगर, १३ असोज । बलिउडको चर्चित फिल्म ‘शोले’मा कालियाको भूमिका निर्वाह गरेका कलाकार भिजु खोटेको निधन भएको छ । खोटेको ७८ वर्षको उमेरमा स्वास्थ्य समस्याका कारण निधन भएको हो । लामो समयदेखि बिरामी रहेका खोटेको सोमबार बिहान आफ्नै घरमा निधन भएको हो ।

gg

विजू खोटेकी भाञ्जी अभिनेत्री भावना बालसावरका अनुसार सोमबार बिहान ६ बजेर ५५ मिनेट जाँदा उनको निधन भएको हो । शरीरका विभिन्न अंगहरूले काम गर्न छोडेर स्वास्थ्य अवस्था खराब भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको र केही दिनअघि मात्र घर फर्काइएको थियो ।

१९६४ मा ‘या मालक’ सिनेमामा अभिनय गरेर बलिउड यात्रा सुरू गरेका खोटेले तीन सयभन्दा हिन्दी फिल्महरूका साथै कैँयौ मराठी फिल्महरूमा अभिनय गरेका छन् । विजू खोटेको निधनको खबरले धेरैले गहिरो दुःख व्यक्त गरेका छन् भने पूरै बलिउड शोकमा डुबेको छ ।

Loading...