fbpx

प्रभासको नयाँ फिल्म, आखिर कोसँग गर्दै छन् रोमान्स ?

विराटनगर, १३ असोज । ‘बाहुबली’ सिरिजमार्फत चिनिएका प्रभासको नयाँ फिल्मको नाम ‘जान’ राखिएको छ । फिल्म निर्माणको घोषणा करिब एक वर्षअगाडि नै भएपनि उनको पछिल्लो फिल्म ‘साहो’ का कारण फिल्मको छायांकनको सेड्युल सारिएको थियो । प्रभासले आफ्नो नयाँ फिल्म ‘जान’ को पहिलो सेड्युल सकाएका छन् । निर्देशक राधाकृष्णको निर्देशनमा तयार भइरहेको फिल्मको पहिलो सेड्युलसमेत सकिएको छ ।

फिल्मको पहिलो सेड्युल स्पेन र इटालीमा सकिएको छ । फिल्ममा प्रभासले एक ज्योतिषको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको अभिनेत्री पूजा हेग्डेसँग जोडी बाँधिएको छ । प्रभास र पूजाको जोडी दर्शकको लागि नयाँ देखिने भएको छ । प्रेमकथामा आधारित भएर निर्माण गरिएको फिल्मको भिलेनको भूमिकामा जगपथी बाबुलाई अनुबन्ध गरिएको छ । उक्त फिल्मको लागि प्रभासले आफ्नो बडीमा समेत परिवातन गरिरहेका छन् । फिल्म सन् २०२० मा प्रदर्शनमा आउने भएको छ ।

प्रभासको पछिल्लो फिल्म ‘साहो’ रिलिज भएको हो । फिल्मले बक्स अफिसमा अपेक्षा गरेअनुसार सफलता हात पार्न सकेन । साहोको असफलतापछि प्रभासले निर्देशकलाई फिलमको स्क्रिप्टमा परिवर्तन गर्नसमेत भनेका छन् । फिल्मको २० दिनको सुटिङ सकिए पनि दर्शकलाई प्रभावित गर्नका लागि प्रभासले आफ्नो आगामी रोमान्टिक फिल्म ‘जान’का निर्देशकलाई कथामा परिवर्तन गर्न आग्रह गरेका छन् ।

Loading...