fbpx

ब्यायाम गरेर पसिना किन बगाउने ?

विराटनगर, १३ असोज । गर्मी मौसममा अत्यधिकतम मात्रामा पसिना आउने सबैलाई हुन्छ । स्वास्थ्यका लागि लाभदायक हुने भएका कारण गर्मीमा पसिना चुहाउनुको साथै मानिसहरू ब्यायाम गरेर पनि अत्यधिक पसिना चुहाइ नै रहेका हुन्छन् । थोरै वा ठीक्क मात्रामा पसिना आउने भने शरीर स्वस्थ भएको बुझ्न सकिन्छ ।

शरीरबाट उत्पन्न हुने पसिनाले शरिरमा भएको बिकार र किटाणुलाई समेत पसिनाको मद्दतले निष्काशित गर्नुका साथै पसिनाले शरीरको तापक्रमलाई समेत सन्तुलनमा राख्ने गर्दछ । शरीरको विषाक्त पदार्थलाई बाहिर निस्किने हुँदा अनेकथरी रोगबाट बच्न सकिन्छ । व्यायाम गर्दा निस्कने पसिनाले अझ शरीरलाई धेरै फाइदा पुर्याउने हुन्छ ।

व्यायाम गर्दा जति धेर्र पसिना निस्कन्छ, शरीरबाट त्यति धेरै क्यालोरी तथा शरीरको अनावश्यक बोसो घट्ने गर्छ । शरीरको बोसो घट्दा शरीरको तौल बिस्तारै नियन्त्रणमा आउने हुदा सहज हुन्छ । पसिना धेर निस्कँदा शरीरको फोहोर पनि बाहिर निस्कन्छ । छालाको रोम छिद्र खुल्नुका साथै मृत छाला झर्छ र छाला सफा हुन्छ ।

अधिक मात्रामा पसिना निस्कँदा त्वचामा प्राकृतिक निखार आएर छाला सुन्दर र चम्किलो हुने गर्छ । शरीरको फोहोर पसिना मार्फत निस्कने भएकाले अनुहारमा डण्डीफोर एकदमै कम हुनुका साथै बिस्तारै हराउदै समेत जाने गर्छ । पसिना निस्कँदा शरीरमा रक्तसञ्चार तेज हुन गइ पूरा शरीर स्वस्थ हुन जान्छ ।

अधिक पसिना निस्कदा शरीरको तापक्रम सन्तुलनमा आउने हुदा दिमाग फ्रेश हुनुका साथै तनाव पनि हट्दै जान्छ । शरीरबाट अत्यधिक पसिना निस्कँदा व्यक्तिले पानी धेरै पिउने गर्छ । शरीरमा पानीको मात्रा पुग्दा डिहाईद्रेसन हुन दिदैन । साथै, मिर्गौलामा पत्थरी भएका मानिसलाई पसिना बगाउनुका धेरै फाइदा हुने गर्छ ।

Loading...