fbpx

इन्टर मिलानसँगको खेलमा मेस्सी मैदान उत्रिन सक्ने

एजेन्सी, १३ असोज । बार्सिलोनाका कप्तान लियोनल मेस्सी च्याम्पियन्स लिगअन्तर्गत इन्टर मिलानविरुद्धको खेलबाट मैदान फिर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्पेनिस मिडिया एएसका अनुसार ला लिगाअन्तर्गत भिल्लारियलविरुद्धको खेलमा घाइते भएका मेस्सी आउँदो बुधबार हुने इन्टरसँगको खेलबाट मैदान फिर्न सक्ने भएका हुन् ।

gh

बार्सिलोनाले भिल्लारियालाई २–१ गोल अन्तरले पराजित गर्दा उनी घाइते हुन पुगेका थिए । प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले मेस्सीको चोट सामान्य रहेपनि तीन खेल गुमाउन सक्ने बताएका थिए । तर, मेस्सीको सुधार हुनेक्रम अन्तिम चरणमा रहेकाले उनी इन्टरविरुद्ध मैदान उत्रिन सक्ने ‘एएस’को दाबी छ ।

बार्सिलोनाले बुधबार च्याम्पियन्स लिगमा इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दैछ । यस खेलमा मेस्सीका साथै जोर्डी अल्बा पनि मैदान फिर्न सक्ने एएसले जनाएको छ । तथापि, मेस्सीले आफूमाथि जोखिम उठाउने या नउठाउनेमा द्विविधा रहेको छ ।

Loading...