fbpx

अर्को वर्षको दसैंमा अनमोलको ‘एन्टी हिरो’ आउने

विराटनगर, १३ असोज । युवा पुस्तामाझ चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘एन्टी हिरो’ वि.सं २०७७ सालको दशैंमा रिलिज हुने घोषणा गरिएको छ । अनमोलले साम्तेनको निर्देशनमा बन्ने फिल्म ‘धुपौरे’मा अनुबन्धित भएपछि ‘एन्टी हिरो’को के हुन्छ भन्ने प्रश्न उठेको छ ।

kala

तर, भूवनले भने फिल्मको स्क्रिप्ट र कथा तयार नभएकाले केही महिना ढिलो छायांकन हुने जानकारी दिएका छन् । उनले ‘धुपौरे’मा अनमोलले काम गर्ने तयारी गर्दा ‘एन्टी हिरो’ नबन्ने चिन्ता नलिन फ्यानहरूलाई आग्रह गरे । अनमोलका शुभचिन्तकहरूले दशैंमा फिल्म रिलिज गर्न सुझाव दिएका कारण आउँदो बर्षको दशैंमा ‘एन्टी हिरो’ रिलिज गर्ने भुवनले बताए ।

काजोल फिल्मसको ब्यानरमा बन्ने आगामी प्रोजेक्ट ’एन्टी हिरो’ को प्री–प्रोडक्सनको काम भइरहेको छ । भुवन र अनमोल फिल्ममा पहिले नै अनुबन्धित भइसकेका छन् । एक्सन तथा लभस्टोरीमा आधारित रहेको फिल्ममा अनमोल एक्सन तथा लभर ब्वाईको भूमिकामा देखिने छन् । फिल्ममा भुवन नेगेटिभ रोलमा देखिँदै छन् ।

केही दिनमा निर्देशक र अभिनेत्रीको छनोट गरेर फिल्मको औपचारिक घोषणा गर्ने भएको छ । निर्देशक नभेटिएको खण्डमा फिल्मलाई भुवन आफँैले निर्देशन गर्ने सोच बनाएका छन् । भुवनले फिल्मको विषयमा तथा फिल्मका अन्य कलाकारहरूको कुनै विषयमा पनि जानकारी भने दिएका छैनन् । केही दिनअगाडि मात्र अनमोलको जोडी बाँधिदै मुख्य भूमिका रहने ‘एन्टी हिरो’ मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएको खबरलाई भुवनले खण्डन गरेका थिए ।

Loading...