fbpx

आमुन्ने–सामुन्ने युद्धको अवस्थामा वेद दर्शनको प्रवचन सम्भव छ ?

गणेश लम्साल

—महाभारतको एउटा प्रसंगमा द्रौपदी र उनका दाज्यू ध्रुष्टधुम्नको जन्म हवन कुण्डभित्रको आगाको ज्वालाबाट भएको भन्ने उल्लेख छ, यो कुरा झुठा कल्पनाको पराकाष्ठाबाहेक केही पनि होइन ।

—एक सय भाई कौरवहरूको जन्म एउटा मासुको डल्लाबाट भएको हो, जसलाई गान्धारीले जन्म दिएकी थिइन् । यो पनि यर्थाथ नभएर एउटा गफको श्रेणीमा पर्ने कुरा हो ।

—युद्धको मैदानमा आमन्ने–सामन्ने युद्ध गर्न तम्सिएका कौरव र पाण्डव पक्षका योद्धाहरू जम्मा भएका ठाउँमा गीता जस्तो दार्शनिक ग्रन्थलार्य कृष्णले प्रस्तुत गरको थिए भन्ने कुरा छ । के त्यस्तो परिस्थितिमा दार्शनिक प्रवचन हुनु सम्भव हुन्छ ? यो पनि असम्भव कुरा नै हो ।

—धरैजसो ऋषिमहिर्षी भनिएकाहरूको जन्म अप्राकृतिक अवास्तविक किसिमले भएको देखाइएको छ । के यस्तो कुरा पनि धर्मशास्त्र र बेदपुराणहरूले सत्यतथ्य भनेको हो भनेर विश्वास गर्न सकिन्छ । जस्तो ऋषिसिंह हरिणबाट जन्मिएका थिए । कौशिक ऋषि कुशको गुजुल्टोबाट, गौतम खरायोबाट, अगस्त्य माटोको डेहेरीबाट, बशिष्ठ बेश्याबाट, माण्डव्य भ्यागुताबाट, मातांग हात्तीबाट, नारद दासीबाट, बाल्मिकी धमिराको गोलाबाट र भारद्वाज चराबाट जन्मिएका थिए आदि । यी सबै कुरा अत्यन्तै अविश्वसनीय र भ्रान्त धारणाहरूले भरिभराउ भएको पौराणिक साहित्य रहेको छ । र, त्यसप्रकारका घटनाक्रम र एवं अविश्वसवनीय आख्यानहरूलाई आधार बनाएर लेखिएको पौराणिक वाङ्ग्मय, रामायण, महाभातर आदिका यस्तै प्रकारका भ्रामक कुराहरू वास्तविक, मानवीय, जीवनमा त्यसको नितितार्थ के हो ? समाजशास्त्रको नियमअनुसार यसले कुन ठाउँ र कुन समयमा घटेको घटना हुनसक्छ । यस घटनाको निहितार्थ के हुनसक्छ भन्ने विषयमा यो सम्पूर्ण ग्रन्थ केन्द्रित रहेको छ ।

la

यस्तै अविश्वसनीय र भ्रान्त प्रकारका घटनाहरूको केस्राकेस्रा केलाएर अध्ययन गर्न र त्यसलाई लिपवद्ध गरेर प्रस्तुत गरिएको पुस्तक हो, ‘ओझेलका यर्थाथहरू’ । पुस्तकको भूमिका लेख्नु हुने विद्वान गोपीरमण उपाध्यायका अनुसार यो पुस्तक नेपाली वाङ्ग्मयमा नौलो प्रयोग हो । भूमिका लेखक उपाध्यायले यो पुस्तकको लेखनले सम्पूर्ण नेपाली समाज र राष्ट्रको आवश्यकता पूरा गर्दछ ।

पुस्तकमा अहिलेसम्म कसैले प्रष्टसँग विश्लेषण गरेर निष्कर्ष दिन नसकेका कुराहरू उठान गरिएका छन् । यसमा को आर्य हो, को अनार्य हो ? को हिन्दू हो, को अहिन्दू हो ? भन्नेदेखि भाग्यवाद, नियतीवाद, पूर्वजन्म र पुनर्जन्मवादलगायत वैज्ञानिक वास्तविकता के हो भन्ने विश्लेषण छ । यसैगरी स्वर्ग र मर्त्यलोक र चौरासी जुनीको त्रासबारे हाम्रो धर्म साहित्यले कसरी र के–के पाखण्ड समाजमा स्थापित गराएको रहेछ भन्ने पनि छताछुल्ल पारिएको छ ।

यसबाहेक हिन्दू संस्कृतिले स्थापित गरेका हिंस्रक कुराहरू, धर्मले महिला हिंसामा पारेका प्रभावहरू, बलिप्रथा, नरबलिप्रथा, शुद्धता, अशुद्धता, जातजातिप्रथा, परहेज, निषेध र बर्जनहरूको पनि पुस्तकमा वैज्ञानिक विश्लेषण छ । पुस्तकका लेखक प्राडा गणेश क्षेत्रीले पुस्तकमा उल्लेख गरेअनुसार यदि हामीले हिन्दू धर्म र संस्कृति परिमार्जित गरेनौं भने, सबैखाले विभेदलाई अन्त्य गरेर वैज्ञानिक र मानवीय बनाएनौं भने, उद्दार बनाएनौं भने पराइहरूले हाम्रो धर्म–संस्कृति विनाश गरिदिन्छन् । र, त्यसको सुरुआत उनीहरूले खसी पार्ने युद्ध (हाइब्रिड वार) बाट धेरै पहिले गरिसकेका छन् । हाइब्रिड वारअन्तर्गत नै पराइहरूले हाम्रो धर्म–संस्कृतिमा अतिक्रमण गर्न सकेका हुन् । यसैले रक्षाका लागि हामी हाम्रो धर्म संस्कृतिलाई अभेद्य र अकाट्य बनाउन आवश्यक छ । यसका लागि पुस्तकले पक्कै सहयोग पुर्‍याउने छ ।

पुस्तक साध्य हैन साधन हो । साध्य भनेको त परिवर्तन हो । फेरि, मान्छेको इतिहास भनेको पनि सचेतनाको इतिहास हो । हामी जति सचेत हुँदै जान्छौंँ, उति समाज पनि सचेत हुँदै जान्छ । समाजमा भएका सबै परिवर्तनहरू सचेतनाकै कारण सम्भव भएका हुन् । यसैले समाजलाई सचेतनाकै कुरामा अगाडि बढाउन मैले सचेतनासहितको सतर्कता र सक्रिय स्वतन्त्रताको मूल्य भन्ने कुरामा जोड दिएको छु । मलाई विश्वास छ, पुस्तकले सामाजिक सचेतना बढाएर अजम्बरी अक्षर बनेर बसेको मानसिकतालाई हलचल गराउन पक्कै बल पुर्‍याउने छ ।

लेखले प्राडा क्षेत्रीले निरन्तर पाँच वर्ष खर्चेर यो पुस्तक तयार गरेका हुन् । यो पुस्तक लेख्नका लागि उनले ४९ वटा अंग्रेजी, २८ वटा देवनागरी लिपीका नेपाल र हिन्दी भाषाका पुस्तकहरू अध्ययन र विश्लेषण गरेको थिए । यो पुस्तक लेखेर उनले हिन्दू धर्म–संस्कृतिको विरोध गरेका हैनन्, बरु ब्यापक सुधारको आवश्यकता छ मात्र भनेको हुन् । विश्लेषण गरेर आधारसहित आँखा खोलिदिएको हुन् । लेखक आफैं पनि हिन्दू हुन्, यसैले उनी हिन्दू धर्म–संस्कृति र साहित्यमा भएका विकृतिहरूप्रति चिन्तित छन् । उनी धर्म–संस्कृतीभित्र भएका आडम्बरी, विभेदपूर्ण व्यवहार मान्दैनन् । विज्ञानसम्मत नभएका कु–प्रथाहरूलाई सर्मथन गर्दैनन् । उँच–नीच, सानो–ठूलो, महिला–पुरुषको भेदलाई छुट्याउँदैनन् । उनले प्रष्ट भनेका छन्, ‘यदि हामीले हाम्रो धर्म–संस्कृतिमा बेलैमा दह्रो पर्खाल लगाएनौं भने हामी र हाम्रो राष्ट्रियता रहने छैन ।’

यसैले उनी हिन्दू धर्म–संस्कृतिभित्र रहेको विभेद समयमै हटाउन सुझाव दिन्छन् । उनी यदि, हामीले जानेर बुझेर पनि अटेर गर्यौं भने हामी भोलि नासिन्छौं भन्छन् । यसैले पुस्तकभित्र उनी भन्छन्, ‘हामीलाई थाहा छ धेरै गरिब, दलित र सीमान्तकृतहरू किन अन्य धर्ममा पलायन भइरहेका छन् ? हामीले समानताका कुरा गरेर मात्र हुँदैन बेलैमा व्यवहारमा पनि उतार्न सक्नुपर्छ । वेदले थोपरिदिएको धर्म–संस्कृतिको विकृतिलाई विज्ञानसम्मत बनाउनुपर्छ ।’

(यो पुस्तक १३ असोजमा विराटनगर–१ भट्टाचौकस्थित आरआरएनको सभाहलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिमोचन गर्दैैछन् ।)

Loading...