fbpx

दशैँ तिहारमा सरकारी अस्पताल खुला हुने

काठमाडौं १३ असोज । दशैँ, तिहार लगायतका पर्वमा पनि यो वर्ष सरकारी स्वास्थ्य संस्था खुला रहने भएको छ । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा यथावत् राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई आग्रह गरेको हो ।

स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा यथावत् राख्न ११ बुँदे आग्रह जारी गरिएको छ ।  संविधानको प्रावधानअनुसार स्थानीय तहका स्वास्थ्य संस्थाको सञ्चालन स्थानीय निकायले गर्दछन् ।

अस्पताल विपद् व्यवस्थापन समितिलाई पूर्व तयारी अवस्थामा रहने व्यवस्था मिलाउने, सबैै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स २४ सै घण्टा सञ्चालनको व्यवस्था मिलाउने र राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाउने लगायतका आग्रह छ ।

Loading...