fbpx

पत्रपत्रिकामा देश प्रधानमन्त्री चाहान्छन्, काम बन्दैन्

विराटनगर १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ वर्षदेखि भने अनुसार काम नभएको गुनासो गर्दै आएको कान्तिपुर दैनिकमा समाचार छ । प्रधानमन्त्री ओलीले मन्त्रालयहरुबीच समन्वय समेत नपुगेको बताउँदै आएका छन् ।

राष्ट्रिय गौरवका २१ वटा आयोजना मध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य काम सन्तोषजनक छैन् । ओली डेढ वर्ष अघि दुई तिहाईको समर्थन सहित प्रधानमन्त्री हुदाँ राष्ट्रिय गौरवका २१ वटा आयोजनाका काम दु्रत गतिमा हुने अपेक्षा गरिएपनि अहिले निरासामा परिणत हुने बेला आएको छ । प्रधानमन्त्री ओलीले विभिन्न समिक्षा बैठकमा भने अनुसारको काम नभएको भन्दै अक्रोश समेत पोख्ने गरेका छन् ।

लगानी खोल्न सैनिक ऐन संसोधन गरिँदै शिर्षकमा कान्तिपुर दैनिकको मुख्यपृष्ठमा समाचार छ । व्यवसायतर्फ आकर्षित भएको आलोचना खेपीरहेको बेला नेपाली सेनाले सैनिक ऐन २०६३ लाई नै लगानीमैत्री बनाउने गरि संसोधनको तयारी गरेको छ । सैनिक कल्याणकारी कोषमा ठुलो रकम जम्मा भएपछि विभिन्न क्षेत्रमा लगानी खुला गर्न ऐन संसोधनको लागिएको हो । नेपाली सेना सहभागी हुने संयुक्त राष्ट्रसघंको शान्ति सेनामा गएकाहरुको २२ प्रतिशतसम्म रकम कटौती गरि कोषमा जम्मा गरिन्छ । अहिले कोषमा ४४ अर्व रुपैयाँ भन्दा बढी छ ।

मेलाम्चीमा फेरी एक वर्षको बाचा शिर्षकमा नागरिक दैनिकमा मुख्य समाचार छ । मेलाम्ची खानेपानी आयोजनाकोलागि नयाँ ठेकेदारका रुपमा सिनो हाइड्रोसँग सम्झौता भएको छ । सिनोलाई छिटो काम सके पुरस्कार ढिलो गरे जरिवाना हुने गरि सम्झौता गरिएको हो । आइतबार चौथो ठेकेदारका रुपमा सिनोसँग सम्झौता भएपछि एक वर्षको समय फेरि थपिएको हो । आयोजनाको अनुसार सुरुङ निर्माणकोलागि ८५ करोड १ लाख ९४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

मापदण्ड विपरीत विदेशीलाई पदक शिर्षकमा नागरिकमा नै खबर छ । यसपटकको विभूषण तथा पदक विदेशी व्यक्तिलाई लिएर विवादमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै उपचारमा संलग्न भएकै भरमा चार विदेशी चिकित्सकलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) सिफारिस गरिएको समाचारमा छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलका कपाल काट्ने लक्ष्मी ठाकुरलाई पनि समाजसेवीका रुपमा पदकको लागि सिफारिस गरिएको छ । रक्षामन्त्री आँफै समितिमा बसेर ठाकुरलाई सिफारिस गरेका हुन् ।

Loading...