fbpx

‘टर्चर हाउस’मा प्रहरीको छापा, ५ सय पुरुषको उद्दार

विराटनगर १२ असोज । नाइजेरियामा बन्धक बनाएर निर्मम यातना भोगिरहेका ५ सय पुरुष तथा बालकलाई प्रहरीले छुटाएका छ । फलामको जंजीरले हात गाडीको रिङ बाँधेर खुट्टापनि बाँधेर उनीहरुलाई निर्मम यातना दिएर राखेको केही तस्वीर सार्वजनिक भएको छ ।

प्रहरीले बन्धक भएका पुरुषहरुलाई यौन शोषण समेत गर्ने गरिएको जनाएको छ । कदुना सहरको एक मदरसाको भवनमा उनीहरुलाई बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । कदुनाका प्रहरी प्रमुखले शंकाको आधारमा त्यस भवनमा छापा मारेको जनाए । प्रहरीले भवनमा छापा मारेर ८ जनालाई पक्राउ पनि गरेको छ ।

बन्धक भएकाहरुले वर्षाैंदेखि शोषण हुँदै आएको बताएका छन् । सो ठाउँ उनीहरुलाई आफन्तले नै ल्याएर छोडेको प्रहरीले जनाएको छ । आफन्तले भने कुरानको शिक्षा लिनलाई त्यहाँ पुर्याएका हुन् । उद्दार गरिएका बालक मध्ये दुई जना भने बुर्किना फासोबाट ल्याइएका हुन् । अन्य सबै नाइजेरियाकै रहेका छन् ।

Loading...