fbpx

डुङ्गासहित ५५ जना बेपत्ता

यमन १२ असोज । हिन्द महासागरको पूर्वी तटीय बन्दरगाहमा ५५ जना यात्रु बोकेको डुङ्गा बेपत्ता भएको छ । यमनका स्थानीय अधिकारीहरुले डुङ्गा हराएको पुष्टि गरेका हुन् ।
राज्यद्वारा संचालित सवा समाचार संस्थाले ५५ जना यात्रु सहित एउटा डुङ्गा बेपत्ता भएको सूचनासरकारी अधिकारीहरुले जनाएको उल्लेख गरेको छ ।

उनीहरुका अनुसार सोकोट्रा टापुतर्फ जादै गरेको बेला डुङ्गा बेपत्ता भएको हो । अधिकारीहरुले वेपत्ता भएका यात्रु र डुङ्गाको खोजी भइरहेको बताएका छन् ।

Loading...