fbpx

फेसबुक सुरक्षाको लागि अपनाउनुहोस् यी उपायहरू

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै फेसबुकलगायत अन्य सामाजिक संजालहरूको पासवर्ड ह्याक हुन सक्ने सम्भावना पनि उत्तिकै नै हुन्छ । जसका लागि प्रयोगकर्ताले आफ्नो फेसबुक वा अन्य सामाजिक सञ्जाल ह्याक हुन नदिनका लागि विशेष तल दिइएका कुराहरूमा ध्यान पुर्याउन हो भने आफ्नो फेसबुक र अन्य सामाजिक सञ्जालको अकाउन्ट सुरक्षित राख्नका केही हदसम्म भएपनि फाइदाजनक हुन्छ ।

aa

१. पासवर्ड राख्दा पृथक किसीमको राख्नुहोस्– झन्झटिलो पासवर्ड राख्दा स्मरण गर्न कठिन हुने हुँदा प्रायजसो पासवर्ड राख्दा प्रयोगकर्ताले सजिलैसँग सम्झन सक्ने किसिमको पासवर्ड राख्ने हुँदा पनि पासवर्ड ह्याक हुने सम्भावना बढी हुन्छ । त्यसैकारण सजिलै अरुले अनुमान गर्न सक्ने पासवर्डलाई प्रयोग नगरेमा यस्ता जोखिमबाट मुक्त हुन सक्छौं । सकेसम्म पासवर्ड अरुभन्दा पृथक बनाउनुहोस् जसलाई अरुले अनुमान गर्न नसकोस् ।

२. दुई कारक प्रमाणीकरण सुचारु गर्नुहोस्– फेसबुकको अकाउन्टलाई सुरक्षित राख्नका लागि दुई कारक प्रमाणीकरणको (टु–फाक्टर अथेन्टिकेसन) प्रयोग गरेमा अकाउन्ट निकै नै सुरक्षित हुन सक्छ जसका लागि फेसबुकको सेक्युरिटी एण्ड लगइन सेटिङमा गएर युज टु–फाक्टर अथेन्टिकेसन भन्ने विकल्प चयन गर्नुपर्ने हुन्छ तत्पश्चात कुनै पनि नयाँ स्मार्टफोन वा कम्प्युटरमा फेसबुक लग इन गर्ने समयमा तपाईंको फेसबुकमा दर्ता भएको नम्बरमा एउटा कोड आउछ । उक्त कोडलाई फेसबुकमा राखेपछि मात्र फेसबुकमा लग इन गर्न सकिनेछ । फेसबुकको पासवर्ड चोरी भए पनि कुनै पनि व्यक्तिले तपाईंको फेसबुक खोल्न सक्नेछैन ।

३. आफूले प्रयोग गरिराखेको इमेल र मोबाइल नम्बरबाट मात्र फेसबुक प्रयोग गर्नुहोस्– आफूले प्रयोग नगरेका इमेल वा मोबाइल नम्बरबाट आफ्नो फेसबुक अकाउन्ट चलाउनु हुँदैन । शुरुमा जुन इमेल वा मोबाइल नम्बर प्रयोग गरिएको छ सो इमेल वा मोबाइल नम्बर प्रयोग नगरेको अवस्थामा पनि धेरैपटक हामी त्यो इमेल वा मोबाइल नम्बर फेसबुकमा परिवर्तन गरेका हुँदैनौ जसले गर्दा ह्याक भएको अवस्थामा अकाउन्ट रिकभर गर्न सकिदैंन साथै पुरानो र धेरै महिना देखि प्रयोगमा नआएका सिम कार्डको नम्बरहरू नेपाल टेलिकम र एनसेलले नयाँ प्रयोगकर्तालाई जारी गर्ने गर्दछ । नयाँ व्यक्तिले सजिलैसँग फर्गट पासवर्ड भन्ने विकल्पको प्रयोग गरेर तपाईंको पासवर्ड रिसेट गर्नसक्छ । तपाईंले यदि पुरानो र प्रयोगमा नआएको नम्बरबाट फेसबुक प्रयोग गरिराख्नु भएको छ भने उक्त नम्बर परिवर्तन गर्नुहोस् ।

४. अन्य व्यक्तिको कम्प्युटरबाट सधैं लग आउट गर्नुहोस्– यदि तपाईले अन्य व्यक्तिको कम्प्युटर वा साइबरमा फेसबुक वा कुनै पनि अरु सामाजिक संजाल प्रयोग गर्नुहुन्छ भने सधैं लग आउट गर्नहोस् । कहिले पनि धेरै कम्प्युटर वा मोबाइलमा पासवर्ड सेभ नगर्नुहोस् । कसैको कम्प्युटरबाट आफ्नो सामाजिक सञ्जाल प्रयोग गर्न जाँदै हुनुहुन्छ भने इन्कग्निटो वा प्राइभेट विन्डो खोलेर चलाउनु उचित हुन्छ । यसरी इनकग्निटो मोडमा प्रयोग गर्दा तपाईंको इन्टरनेट प्रयोगको इतिहास र पासवर्ड केही पनि ब्राउजरमा सेभ हुँदैन ।

Loading...