fbpx

‘बोके दाह्री’ले लिएर आए दशैं गीत (भिडियोसहित)

विराटनगर, १२ असोज । चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को संदेशमुलक दशैं गीत सार्वजनिक भएको छ । ‘दशैं आयो’ बोलको गीतलाई युट्युबमा बोकेदारी मिडिया अफिसियलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

aa

सार्वजनिक गरिएको गीतको भिडियोले दशैँ आएको आभास गराउँदै सन्देशसमेत दिएको छ । गीतमा गायक श्रीकृष्णले सम्पूर्णलाई दशैंको शुभकामना दिँदै यसपालीको दशैंलाई साकाहारी बनाउन आग्रह गरेका छन् । गीतमा स्वर, शब्द तथा संगीत श्रीकृष्ण लुइँटेलकै रहेको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारको रूपमा श्रीकृष्ण लुइँटेल र मुना प्रसाईंलगायतका अन्य व्यक्तिहरू रहेका छन् ।

श्रीकृष्ण लुइँटेलकै निर्देशनमा तयार भएको गीतको भिडियोलाई जोनी योञ्जÞनले एरेन्ज गरेका हुन् । सुवास लिम्बूको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोलाई दीपेन्द्र कटुवालले ब्यवस्थापन गरेका हुन् भने गीतमा अभिनय गरेका कलाकारहरूको शृंगार कृष्ण सुबेदीले गरेका छन् ।

Loading...