fbpx

यस्तो भयो जनगायक जेबी टुहुरेको विराटनगरमा शनिबारको एकल साँझ (फोटो फिचर)

विराटनगर, १२ असोज । शनिबार विराटनगरमा जनगायक जेबी टुहुरेको ‘एकल सांगीतिक साँझ’ सम्पन्न भयो । विराटनगरको वीरेन्द्र सभागृहमा आयोजित एकल साँझमा ७५ वर्षीय गायक टुहुरेले आफ्ना १६ वटा प्रस्तुतीहरू दिएका थिए ।

photo

उनको एकल सांगीतिक साँझको यो तेस्रो निरन्तरता थियो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका साथै सामाजिक विकासमन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, संघीय र प्रदेश सांसदहरू, विराटनगर महानगरका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्कीसहित सयौंको सहभागिता थियो ।

 

तस्बिर- सुरज ढुङ्गाना/कोशी अनलाइन

Loading...