fbpx

ग्यास्ट्रिकदेखि क्यान्सरसम्म निको पार्ने जमराको जुस

विराटनगर, १२ असोज । गहुँ, जौ र मकै उमारेर बनाइने कलिला पहेँला पातलाई जमरा भन्ने बुझिन्छ । दशैंमा सांस्कृतिक महत्त्वले जमरालाई शीरमा लगाइनुको आफ्नै धार्मिक महत्त्व रहेका छन् । हरियो जमरा वैज्ञानिक अनुसन्धान भएर यसका उपयोगिता तथा औषधीय गुणसमेत रहेको प्रमाणित भएको छ ।

अनुसन्धानले प्रमाणित गरेको हुँदा अहिलेलाई हरियो जमराको जुस पिउनु राम्रो मानिन्छ भने पहेँलो जमराको भने अझै अनुसन्धान जारी रहेको छ । जमरा एक महत्त्वपूर्ण आयुर्वेदिक औषधिसमेत हो जसले मानव स्वास्थ्यमा निकै फाइदा पुर्याउन सक्छ । जमराको जुसमा लागिसकेको रोगलाई पूर्ण निको गर्नेभन्दा पनि रोग लाग्न नदिने गुण देखिएको छ ।

घरमा सजिलो संग गहुँ, जौं र मकै उमारेर पछि जरादेखि नै उखेलेर जुस बनाएर प्रयोग गर्न सकिन्छ । जमरामा शरीरलाई चाहिने अर्गानिक, सोडियाम, खनिज, प्रोटिन, एमिनो एसिड, भिटामिन, फाइबर, क्याल्सियम, कार्बोहाइड्रेट्स, क्यारोटिन र आइरनजस्ता पौष्टिक तत्त्व प्रशस्त मात्रामा पाइन्छ । डा. अच्युत अधिकारीका अनुसार जमराको जुसले प्राणघातक रोगहरूसमेत लाग्न दिँदैन । हरियो जमराको जुसमा प्रशस्त क्लोरोफिल र एन्टिअक्सिडेनट गुणले शरीरका कोशहरूलाई छिटो बुढो हुन रोकेर शरीरलाई जवान राख्न मद्दत गर्छ ।

हरियो जमराको जुसमा मानव शरीरलाई चहिने भिटामिन ‘ए’, ‘बी’, ‘सी’, ‘ई’ ले शरीरबाट विषाक्त पदार्थहरू हटाएर रगतमा चिनीको सन्तुलन सुधार गरी रक्तनलीमा जमेको बोसो हटाउँछ । जसले गर्दा कोलेस्टेरोल, उक्तरक्त चाप तथा मधुमेह जस्ता समस्या हुन दिँदैन । यसले रक्त प्रवाहमा हुने क्याल्सियाम रगतसँग मिसेर मुख तथा दाँतसम्बन्धी समस्या हटाउन, पाचन प्रक्रिया बलियो बनाउन, कलेजो तथा मुटुलाई स्वस्थ्य राख्नुका साथै छाला र केशको समस्यामा पनि लाभदायक हुन्छ । यस बाहेक जमराको जुसले ग्यास्ट्रिकदेखि क्यान्सरलगायतका रोगहरू लाग्न नदिएर शरीरमा निकै उर्जा प्रदान गरि फूर्तिलो बनाउन मद्दत गर्दछ ।

जुसको नियमित सेवन क्यान्सर हुनबाट रोक्ने, भइसकेको क्यान्सरलाई फैलिनलाई रोक्ने र क्यान्सरका बिरामीलाई केमोथेरापी गर्दा हुने समस्यालाई पनि रोक्न मद्दत गर्छ । तर, यसको सेवनले क्यान्सर नै निको भएको चाही अहिलेसम्म प्रमाण चाहिँ छैन । जमारालाई दशैंको बेलामा मात्र नभएर स्वास्थ्यका हिसाबले सधैँ उमारेर यसको जुसको प्रयोग गर्न सकिन्छ । १०० ग्राम जमरा २३ किलोग्राम हरियो सागको बराबर हुने हुँदा हरियो जमरा पिउनु स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ । जमरा रोप्नका लागि घामको किरण नपर्ने स्थानको प्रयोग गर्नु पर्छ ।

कति पिउने भनेर अहिलेसम्म मात्रा तोकिएको छैन तर, पनि दिनको ५–१० ग्राम जमराको जुस पिउनु राम्रो हुन्छ । यदि कुनै रोगबाट ग्रसित भएमा दिनको दुई पल्ट तीसदेखि पचास एमएल जुस पिउन सकिन्छ । सुरुमा जमराको जुस थोरै मात्रामा पिउने गर्नु पर्छ र क्रमस यसको मात्रा बढाउँदै लाने गर्नु पर्छ । स्वास्थ्यमा फाइदा पुर्याउनका लागि एक हप्तामा कम्तिमा पनि पाँच दिन यसको सेवन गर्नु पर्ने हुन्छ । जमराको जुसको केहीलाई एलर्जी हुनेबाहेक शरीरमा अरु कुनै असर देखिएको कुरा प्रकाशित भएको छैन ।

Loading...