fbpx

कम्युनिष्ट आन्दोलनमा टुहुरेको योगदान अतुलनीय

विराटनगर, १२ असोज । जनवादी गायक जेबी टुहुरेले नेपाली कम्युनिष्ट आन्दोलनमा अतुलनीय योगदान पुर्याएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । विराटनगरमा आयोजित जेबी टुहुरेको एकल सांगीतिक कार्यक्रम निरन्तरता भाग ३ को उद्घाटन गर्दै मुख्यमन्त्री राई नेपाली कम्युनिष्ट आन्दोलनमा टुहुरेको योगदान अतुलनीय भएको बताएका हुन् ।

राईले आफ्नो राजनीतिक मार्गदर्शक जेवी टुहुरले भएको बताए । विद्यार्थी कालमा टुहरेकै गीतबाट प्रवाभित भएर कम्युनिष्ट आन्दोलनमा लागेको बताउँदै उनले लोकतान्त्रिक आन्दोलनमा सांगितका माध्ययमबाट टुहुरेले पुर्याएको योगदान अतुलनीय रहेको बताए । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि टुहुरेले संगीतका माध्यमबाट जनतालाई जागरुक बनाएको बताए । निरंकुश शसनका बेला टुहुरे गाउँगाउँ पुगेर सचेतना जगाउन केन्द्रित भएको घिमिरेले बताए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले टुहुरे राष्ट्रको धरोहर रहेको बताए ।

दुई घण्टा निरन्तर गुन्जिए टुहुरे

जेबी फाउण्डेसनले आयोजना गरेको जेबी टुहुरेको एकल सांगीतिक साँझमा ७६ वर्षीय टुहुरेले निरन्तर दुई घण्टासम्म सांगीतिक प्रस्तुती दिए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्मान गरेपछि सुरु भएको कार्यक्रममा टुहुरेले १५ वटा गीत प्रस्तुत गरेका थिए ।

‘आमा तिम्रो माया कञ्चन पानी जस्तो’ बोलको प्रगतिशल गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका टुहुरेले धामी गीत प्रस्तुत गर्दै कार्यक्रमको अन्त्य गरे । छोराहरू हो, छोरीहरू हो, वीर छोराछोरीहरू’, ‘दुःखको बोज बिसाउन चौतारी बनाउँ है’ बोलको गीत प्रस्तुत गर्दा हल झुमेको थियो ।

पञ्चायत कालदेखि जनता जोगाउने गीत गाउँदै आएका टुहुरेले चौथो गीतको रूपमा ‘बसाइँ हिँड्नेको तातीले बस्नेको मन रुवाउँछ’ बोलको गीत प्रस्तुत गरे । ‘कोशीको पानी सलल, बिजुली बत्ती झलल… पानी चल्दैन रे रगत चल्दछ’ बरु मेरो छाती छेड, विदेशीमा मैले एउटा चेली भेटे, आमा, दिदीबहिनी हो’ बोलको गीत प्रस्तुत गरे ।

पञ्चायत कालदेखि गीत संगीतको माध्यमबाट जनतालाई जोगाउँदै आफू जन्मे–हुर्केको ठाउँमा एकल सांगीतिक प्रस्तुती दिन पाउँदा निकै रमाइलो भएको अनुभूती सुनाए । गायक टुहुरेलाई एकल सांगीतिक साँझमा गायिका मधु गुरूङ्ग, गंगा राई, गायक आकाश थापा, सञ्जीव धिमालले साथ दिएका थिए ।

टुहुरेले करिब १ सय ५० प्रगतीशिल गीतहरू गाइसकेका छन् । टुहुरेले आधा दर्जन बढी चेतनामुलक गीतीहरू समावेश गरिएको एल्बम पनि निकालेका छन् ।

Loading...