fbpx

निद्रामा बर्बराउने बानी त छैन ? यो पढ्नुहोस्

सुतेको समयमा कोही मानिसलाई निद्रामा कुरा गर्ने बानी हुन्छ । राति सुतेका बेलामा यसरी बर्बराउनुलाई विज्ञानको भाषामा सोम्नीलोकी भनिने गरिन्छ । सुतेको बेलामा बोल्ने, रुने तथा कराउने कुनै रोग भने होइन तर, यसरी निद्रामा बर्बराउँदा संगै सुत्ने मानिसलाई डिस्टर्ब हुनुका साथै निन्द्रा नलाग्ने तथा तर्सिने समस्यासमेत हुन सक्छ ।

निद्रामा बर्बराउने मानिसले के बोल्छ भन्ने उसैले थाहा पाउँदैन र उसले निद्रामै अचम्मको व्यवहार देखाउन थाल्छ । निन्द्रामा बर्बराएको तथा कराएको प्रष्ट तरिकाले बुझ्न सकिँदैन । निन्द्रामा यस्तो समस्या आउँदा मानिसहरू लामो समयसम्म बर्बराउँदैनन् । उनीहरु आधी मिनेटदेखि २ मिनेटसम्म जति बर्बराएर चुप लाग्ने गर्छन् ।

विद्यालय जाने बच्चाहरूमाथि गरिएको एक अध्ययनका अनुसार तीनदेखि दश वर्षका बच्चाहरूलाई निद्रामा बर्बराउने बानी हुन सक्छ । तर, दश प्रतिशतभन्दा कम बच्चाहरू दिनदिनै राति बर्बराउने गरेको पाइएको छ । ठूलो हुँदैगएपछि यो समस्या केही नगरी आफैँ समाधान हुने गर्छ । निद्रामा बर्बराउनुका धेरै कारणहरू हुन सक्छन् । धेर तनाव लिएमा, डिप्रेसनको शिकार भएमा, रक्सी तथा चुरोटको अत्यधिक सेवन र पर्याप्त मात्रामा नपुगेको खण्डमा निद्रामा बर्बराउने समस्या आउने गर्छ ।

परिवारमा कसैलाई निद्रामा कुरा गर्ने बानी छ भने बच्चालाई पनि हुनसक्छ । मातापितामालाई उक्त समस्याले कुनै बेला सताएको थियो भने आनुवंशिक रूपमा यो बच्चामा अवश्य सर्न सक्छ । निद्रासम्बन्धी रोग भएमा, निन्द्रामा हिँड्ने समस्या भएमा, नराम्रो सपना देखेमा, केही कुराको डर, मनपर्ने मान्छे वा मनपरेको सामान गुमाएमा पनि निन्द्रामा बर्बराउने हुनसक्छ । यो कुनै रोग नभएको कारण एक–दुई पटक भएमा डराइहाल्नु पर्ने भने हुँदैन । निन्द्रामा बर्बराउनेबित्तिकै आफूसँग सुतिरहेको मानिसलाई उठाइदिनु पर्छ ।

तर, नियमित रूपमा दिनदिनै निद्रामा बर्बराउन थालेमा मनोविज्ञान चिकित्सकलाई तुरुन्त देखाउनु पर्छ । मानसिक तनाव लिने, अत्यधिक सोच्ने बानी, चुरोट तथा रक्सीको सेवन गर्न छोड्ने हो भने पनि यो समस्याको छिट्टै समाधान हुन सक्छ । मनलाई शान्त राख्नका लागि नियमित योग, ध्यान गर्नुका साथै आफुलाई ब्यस्त राख्नका लागि किताब पढ्ने, संगीत सुन्ने गर्नुपर्छ ।

Loading...