fbpx

२ सय बिषालु सर्पले टोक्दा पनि जिवितै

विराटनगर १२ असोज । अमेरिकाका टिम फ्रिडले भेटेजति विषालु सर्पले आफुलाई डसाउदै आएकाछन् । ब्ल्याक माम्बादेखि किङ कोभ्रजस्ता अधिक विसालु सर्पले उनलाई डसिसकेको छ । तर पनि उनी जिवितै छन् ।

पछिल्लो २० वर्षमा उनले २ सय वटा सर्पलाई डसाएका हुन् । त्यही क्रममा उनले आफैले ७ सय पटक एण्टी स्नेक भेनम पनि लगाएका छन् । कति सर्पले डस्दा विष नछोड्ने गरेको र कतिको विष नै नलाग्ने उनले बताए । उनले घरमा नै धेरै विषालु सर्प पालेका छन् । लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिनका डा. स्टुवर्ट एन्सर्वले यस्तो कार्य गर्नु खतरापुर्ण र अनैतिक भएको बताए ।

यस्ता व्यक्तसँग आफू काम गर्न नसक्ने उनको भनाई छ । टिम फ्रिडेले सापले डसाउदै भिडियो बनाएर युट्युबमा हाल्ने गरेका छन् । टिमले अन्य व्यक्ति भन्दा आफ्नो शरीरमा दुई गुणा विष सहने शक्ति भएको ल्यावरोटरी परीषणबाट प्रमाणित भएको बताए ।

Loading...