fbpx

पत्रपत्रिकामा देश : अपराधमा बदलिँदो शैली, प्रविधि नै हतियार

विराटनगर १२ असोज । अपराधिक कृयाकलाप अनुसन्धानमा सघाइरहको प्रविधिले नै आपराधिक क्रियाकलाप बढाउने गिरोहलाई सघाउने माध्यम पनि बनिरहेको छ । प्रविधि अपराधिको हतियारका रुपमा प्रयोग हुन थालेपछि त्यसले प्रहरी अनुसन्धानमा समेत चुनौती थपेको नागरिक दैनिकमा समाचार छ ।

पछिल्लो समय विज्ञान प्रविधिको सहायताले गरिएका अपराध ह्वात्तै बढेको छ । यसले अपराधको मुख्य कारक विज्ञान प्रविधि बन्ने त हैन भन्ने प्रश्न पनि उब्जाएको छ । अपराधीले हतियारका रुपमा प्रविधिको प्रयोग गरेपछि चुनौती थपेको प्रहरी अधिकारीहरु बताउँछन् । पछिल्लो समयमा साइबर सुरक्षा कमजोर भएका देशहरु यस्ता अपराधीको निसानामा पर्न थालेका छन् । खासगरि बैंक ह्याक र इमेल लगायतका ह्याक गरि रकम चोर्ने गिरोहले नेपाल जस्ता देशमा आक्रमण बढाएका हुन् ।

मेडिकल कलेजको बेथिति, चितवन मेडिकल कलेजले विद्यार्थीबाट २९ करोड २४ लाख ठगी शिर्षकमा नयाँ पत्रिका दैनिकमा समाचार छ । अधिकांश मेडिकल कलेजको ठगीको अनुपात लगभग उस्तै रहेको नयाँ पत्रिकाले खबर छापेको छ । पुरक परिक्षाको लागि दोब्बर दस्तुर उठाउने गरेको, सरकारको छात्रवृत्तिमा पढेकाहरुलाई पनि पुरक परीक्षाको नाममा दोब्बर शुल्क असुलेको छ । यस्तै सरकारलाई एक विद्यार्थीलाई एमविविएस कोर्ष पुरा गर्न ५८ लाख रुपैयाँ लाग्ने पत्र समेत पठाएको छ ।

८ खर्बको दशैँ शिर्षकमा अन्नपूर्ण पोष्टमा खबर छ । दशैँमा नेपालीहरुको घर खर्चका रुपमा ८ खर्ब रुपैयाँ सकिने समाचारमा छ । गत वर्ष नेपालीहरुको घरायसी खर्च २२ खर्ब ९८ अर्ब रुपैयाँ भएकोमा यो वर्ष बढेर २४ खर्ब पुग्ने अनुमान गरिएको छ । यसको एकतिहाई खर्च भने दशैँमा नै हुने गर्छ । अर्थशास्त्री केशव आचार्यले वर्षभरिको खर्चको एकतिहाई यही दशैँमा नै खर्च हुने बताए । दशैँको चहलपहल शुरु भएपछि बजारमा कपडा, गरगहना, सबारी साधन, माछामासु र ग्याजेटको माग बढ्छ ।

कान्तिपुर दैनिकमा उपसभामुखहरुको प्रश्न अधिकारमा किन कन्जुस्याइँ शिर्षकमा मुख्य खबर छ । समाचारमा संविधानको प्रावधान विपरीत संसद् नियमावली बनाइएकोमा समेत उपसभामुखहरुको असन्तुष्टि रहेको उल्लेख छ । राष्ट्रिय सभा उपाध्यक्ष, प्रतिनिधि सभा तथा सातै प्रदेशका उपसभामुख महिला छन् । उनीहरुले घुमाउरो पारामा लैगिंक हिसाबमा आफूहरुलाई हेपेको आशय व्यक्त गरे । संघीय संसदकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संविधानमा लेखिएको प्रावधान उपसभामुखहरुले प्रयोग गर्न नपाएको बताइन् ।

Loading...