fbpx

पत्रपत्रिकामा प्रदेश : पारि हाराभारा, वारि उजाड

विराटनगर १२ असोज ।  पाँचथरको सीमावर्ती क्षेत्र भारतको सिक्कम दार्जेलीङको वन क्षेत्र भारतीय सरकारले संरक्षण गरेर राखेको छ । तर सँगै जोडिएको नेपालतर्फ भने सरकारले संरक्षण नगर्दा वर्षेनी उजाडिदै गएको छ ।

यो समाचार नागरिक पूर्वेलीमा छापिएको छ । पाँचथरको सन्दकपुरदेखि तिम्बुपोखरी छेउसम्मको ४५ किलोमिटर सम्मको लामो सीमामा भारतीय क्षेत्रमा वन संरक्षित छ भने नेपालतर्फ सरकारी उपस्थिति शून्य छ । भारततिर भने सुरक्षाकर्मी, वन कार्यालय ठाउँठाउँमा भेटिएपनि नेपालतर्फ भने कुनै निकायनै पुग्न सकेको छैन् । भारतमा जडीबुटी टिप्न रुख काट्न पुर्ण प्रतिबन्ध छ । तर नेपालमा भने मनपरि चलिरहेको हो । भारततर्फ बनाइएको सडकले नेपाली भुभागलाई ठाउँठाउँमा क्षति समेत पुर्याएको छ ।

बत्ती पुगेपछि गाउँले दगं शिर्षकमा उद्घोष दैनिकले मुख्य समाचार छापेको छ । उर्जा तथा प्रविधि मन्त्रालयले आगामी २०७७ साल भित्र दे्शका सबै घरमा विद्युत पुर्याउने लक्ष्य अनुसार मोरङको केराबारी गाउँपालिका ४ चिउरीभञ्ज्याङमा विद्युत सेवा विस्तार गरिएको छ । विद्युत सेवा विस्तार भएपछि गाउँका जेष्ठ नागरिकदेखि बालबालिकासम्म हर्षित भएका छन् । चिउरी भञ्ज्याङमा पहिलो पटक विद्युत पुग्दा एक घण्टाको बाटो हिडेर आएकी ७० वर्षीया जोगमाया तामागंले हाम्रो गाउँपनि अब झलमल्ल हुने भो भन्दै खुसी व्यक्त गरिन् ।

धरानमा पनि जिपलाइनको तयारी शिर्षकामा नागरिक पूर्वेलीमा खबर छ । धरानमा साहसिक पर्यटन अन्र्तगत जिपलाइनको तयारी शुरु भएको छ । धुलिखेलमा जिपलाइन सञ्चालन गरेको कम्पनी वल्र्ड वाइड एडभेन्चर प्रालिले धरानमा पनि जिप लाइन शुरु गर्न लागेको हो । यसकालागि विभिन्न निकायसँग अनुमतिको प्रकृया शुरु गरिएको छ । यस्तै वातावरणिय प्रभाव मुल्यांकनको काम समेत थालिएको छ ।

Loading...