fbpx

पहिलो पाइला नेपालको शिक्षा अभियान

विराटनगर, ११ असोज । पहिलो पाइला नेपाल विराटनगरले सुनसरीको बर्जु गाउँपालिकास्थित एक विद्यालयमा अत्यन्तै विपन्न वर्गका ४० जना विद्यार्थीहरूलाई ब्याग, कपी, कलम र पेन्सिललगायतका शैक्षिक सामाग्रीहरू वितरण गरेको छ ।

संस्थाले बिहीबार बर्जु गाउँपालिका–५ स्थित श्री सार्वजनिक राष्ट्रिय आधारभूत विद्यालयमा अभिभावक सचेतना तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमको आयोजना गरी उक्त शैक्षिक सामाग्रीहरू वितरण गरेको हो । यसअघि पनि यस संस्थाले विभिन्न क्षेत्रमा समाजसेवाको कार्यहरू गर्दै आएको छ ।

सामुदायिक विद्यालयतर्फ दिनप्रतिदिन अभिभावकहरूको चासो घट्दै गइरहेको अवस्थालाई ध्यानमा राख्दै यो क्रार्यक्रमको आयोजना गरेको पहिलो पाइला नेपाल विराटनगरका अध्यक्ष सुवास गौतमले जानकारी दिए । शैक्षिक गुणस्तरीय सुधारका लागि शिक्षक, अभिभावकको प्रयासबाट मात्र सम्भव नभएर यस कार्यमा हरेक युवाहरूले सहकार्य गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले आमाबुवा नै बालबालिकाको पहिलो गुरु हुने भएकोले सर्वप्रथम अभिभावकले आफ्नो छोराछोरीको अध्ययन अध्यापनमा ध्यान दिनुपर्ने बताए ।

Loading...