fbpx

पाँचथरको लालीखर्कमा होमस्टे संचालन

पाँचथर , ११ असोज । पाँचथरको लालीखर्कमा होमस्टे सेवा संचालन भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा शुक्रबारदेखी सामुदायिक ‘होमस्टे संचालनमा आएको हो । होमस्टेको सांसद सीता थेवेले उद्घाटन गरेकी थिइन ।
उनले प्रदेश १ पर्यटन वर्ष २०२० लाई सफल पार्न पूर्वका सम्भावना बोकेका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलको प्रचारप्रसार गरी अघि वढ्ने बताइन ।पर्यटन वर्ष २०२० लाई सफल पार्न सबै जिल्लावासी एक भएर लाग्नुपर्ने सांसद थेवेले आगथ्रह गरिन ।

जिल्ला समन्वय समिति पाँचथरको आयोजना तथा स्थानीय सङ्घ संस्थाको सहआयोजनामा लालीखर्कमा १० र बतासेमा २० घरमा होमस्टे सञ्चालन भएको छ । होमस्टेमा आएका पाहुनालाई स्थानीय परिकार खुवाइने र आवासको उत्तम प्रबन्ध गरिएको लालीखर्क सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष टङ्क राईले बताए । होमस्टे सञ्चालले पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शन जाने तीर्थालुलाई राख्न सकिन्छ , उनले भने ।

जिल्ला समन्वय समिति पाँचथरको आयोजनामा सञ्चालित कार्यक्रममा जिसस प्रमुख विष्णुप्रसाद सापकोटा, फिदिम नगर प्रमुख ओनाहाङ नेम्बाङ, प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती, जिल्ला समन्वय अधिकारी तथा फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार दाहाल,नेकपा पाँचथरका सचिव होम जवेगुलगायतले होमस्टे सञ्चालनले पर्यटन प्रवद्र्धनमा सहहयोग पुग्ने बताउनुभयो । पर्यटन वर्ष २०२० लाई लक्षित गरी भेलाले जिसस प्रमुख सापकोटाको संयोजकत्वमा नेपाल भ्रमण वर्ष २०२० कार्यान्वयन एवं पाँचथर पर्यटन विकास समिति गठन गरिएको छ ।
–––

Loading...