fbpx

‘छक्का पन्जा २’लाई दर्शकको अपार माया (भिडियोसहित)

विराटनगर, ११ असोज । नेपालमा फिल्म हलमा प्रदर्शन भएको केही वर्षपछि मात्र युटुबमार्फत दर्शकहरूले हेर्न पाउने हुन्छन् । त्यस्तै, दुई वर्षअगाडि प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ केही दिनअगाडि मात्र युट्युबमा सार्वजनिक भयो ।

फिल्मलाई गत सोमबार राति हाइलाईट्स नेपालको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको हो । युट्युबमा फिल्म रिलिज भएसँगै दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् । ‘छक्का पन्जा २’ हलमा रिलिज भएको लामो समयसम्म पनि इन्टरनेटमा रिलिज नहुँदा विभिन्न कारण बस हलमा हेर्न जान छुटेका दर्शकले निकै गुनासोका साथै उक्त फिल्मको प्रतीक्षामा रहेका थिए ।

तर, फिल्म युटुबमा सार्वजनिक भएपछि यस फिल्मलाई दर्शकले अत्यधिक माया दिएका छन् । यस फिल्मले अहिले युटुब ट्रेन्डिङको शीर्ष स्थान बनाएको छ । यो समाचार तयार पार्दासम्म यस फिल्मले युटुबमा ४८ लाख १५ हजारभन्दा बढी भ्युअर्स कमाएको छ । फिल्मलाई ६३ हजारले लाइक गरेका छन् भने १४ हजारले डिसलाइक गरेका छन् ।

यस फिल्ममा अभिनेत्री प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरुपपुरुष ढकाल, केदार घिमिरे, वर्षा राउत, स्वस्तिमा खड्कालगायतका कलाकारको अभिनय रहेको छ । पहिलोपटक फिल्म प्रदर्शनमा आउदा व्यावसायिक रुपमा सफल भएको थियो । दर्शकलहरुको इच्छा पुरा गर्नका लागि फिल्मलाई हलमा पुनः प्रदर्शन गरिएको थियो । ‘एभेन्जर्स’ का कारण ‘छक्का पञ्जा २’ले मल्टीप्लेक्समा एक सो पनि नपाए पछि फिल्म फ्लप भएको थियो ।

Loading...