fbpx

रक्सीको कुलत छुटाउन ज्वानो !

विराटनगर, ११ असोज । हरेकको भान्सामा पाइने ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने मसला हो । ज्वानोमा प्रशस्त मात्रामा प्रोटिन, आयोडिन, फ्याट, कार्वोहाइड्रेट, क्याल्सियम, भिटामीन, मिनेरल्स र अत्यधिक मात्रामा पोषण तत्त्वहरू पाइन्छ ।

रक्सीको लत लागेका व्यक्तिहरूका लागि ज्वानो एकदमै फाइदाजनक मानिन्छ । ज्वानोमा पनि रक्सीमै हुने तत्व पाइन्छ । राति सुत्ने बेलामा नियमित रूपले दुई महिना जति दैनिक ३० देखि ५० मिलिलिटर ज्वानोपानीको सेवन गर्नाले रक्सीको लत मेटिन सक्छ र रक्सी पिउने बानी हट्न सक्छ । एक गिलास पानीमा अलिकति ज्वानो हालेर उमालेर पिउँदा ज्वोरो, रुघाखोकी तथा दम लागेको समस्याको समाधान गर्छ ।

कानको दुखाइ, दाँतको दुखाइ, मुटुका समस्या, जोर्नीका समस्या, नाक बन्द हुने, स्वास प्रस्वासका समस्यामा समेत यसले निकै फाइदा पुर्याउने गर्छ । ज्वानोमा न्यून क्यलारी हुने र किटाणु मार्ने क्षमता भएको कारणले यसलाई पेट दुखाईको औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । मन तातो पानीमा अलिकति ज्वानो र थोरै नुन हालेर नियमित रूपमा पिउने गर्दा पेटमा भएको खानाको अपचलाई ठीक पार्ने काम गर्छ ।

ग्यास्ट्रिकले निक्कै सताएर पेटमा ग्यास भरिएको छ भने ज्वानो र बिरेनुनलाई पिसेर तातो पानीसंग सेवन गर्दा ग्यास निस्केर पेट तथा छातीलाई राहत हुन्छ । वानोको सेवनले शरीरको तापक्रमलाई नियन्त्रणमा राखेर कब्जियतबाट छुटकारा दिलाउन मद्दत गर्दछ । ज्वानोको नियमित सेवन गरिरहेको बेलामा थोरै मात्रामा खाना खाने गर्दा पनि पेट भरिएको अनुभव हुने हुँदा शरीरको अनावश्यक तौल घटाउनका लागि उपयोगी मानिन्छ । एक गिलास पानीमा ज्वानोसँग १ चम्चा सखर मिलाएर उमालेर पिउने गर्दा घाँटी बसेको तुरुन्तै हराएर जान्छ ।

भुटेको ज्वानोको नियमित सेवन गर्नाले कम्मर तथा शरीर दुखेको रोगलाई दुइ हप्ता मै ठिक पर्न मद्दत गर्छ । घरमा भएका मसिना किराहरूलाई समेत घरबाट भगाउनका लागि ज्वानोको प्रयोग गर्न सकिन्छ । ज्वानोलाई बालेर निस्किएको धुवाले किराहरू भाग्नुका साथै कफ तथा दमको समस्याबाट छुट्कारा दिलाउन सहयोग गर्छ ।

Loading...