fbpx

पत्रपत्रिकामा देश : सरकारको कार्यक्षमतामा प्रश्न, पुँजीगत खर्च तीन वर्ष यताकै कम

विराटनगर ११ असोज । नगरिक दैनिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काम नगर्ने मन्त्रीलाई हटाउने चेतावनी दिँदै गर्दा चालु आर्थिक वर्षको खर्च पछिल्लो तीन वर्ष मध्ये सबै भन्दा कम पुँजीगत खर्च भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार आलु आर्थिक वर्षको पहिलो तीन महिनामा पुँजीगत बजेटतर्फ ६ अर्ब ९० करोड रुपैयाँमात्रै खर्च भएको छ । यो पछिल्लो तीन आर्थिक वर्षको तुलनामा सबैभन्दा कम हो । चालु आर्थिक वर्षमा पुँजीगत खर्च ४ खर्ब ८ अर्ब रुपैयाँ छ । उच्च तहबाट हस्तक्षेप नभए प्रधानमन्त्रीको चेतावनीले मात्रै काम नहुने नागरिक दैनिकले लेखेको छ ।

‘तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत’ शिर्षकमा कान्तिपुर दैनिकमा खबर छ । चाडपर्व नजिकिएसँगै तरकारीको मुल्य अचाक्ली बढेको हो । कालीमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापन समितीका अनुसार २० दिनमा होलसेल मुल्य नै २८९ प्रतिशतले बढेको छ । वर्षाको कारण देखाउँदै मुल्य बृद्धि भएपनि यो अस्वभाविक रहेको समाचारमा उल्लेख छ । हरियो सागमात्रै नभएर अधिकांस तरकारीको मुल्य बढेको छ । तरकारीको भाउ बढेपछि उपभोक्ता मारमा परेका छन् । अनुगमन मौसमी हुँदा बिचौलियाले वर्षाको फाइदा उठाउँदै मुल्यवृद्धि गरेका हुन् ।

‘नयाँ पत्रिका दैनिकमा के गर्दैछ छाया सरकार ?’ शिर्षकमा मुख्य खबर छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार बनाएको चार महिना बितेपनि एक पटक पनि बैठक बसेको छैन् । नेतृत्वकर्ताले समय नदिँदा छाया मन्त्री नै अलमलमा परेका छन् । छाया सरकारका नेता कांग्रेस सभापती तथा संसदीय दलका नेता शेरबहादुर देउवाले चासो नदिएको र मन्त्रीहरुलाई पनि नभेटेको समाचारमा उल्लेख छ । छाया सरकारकी स्वास्थ्य मन्त्री पार्वता डिसीले बैठक नै नबस्दा मन्त्रीहरु अलमलमा परेको बताइन् । उनले छाया सरकारका प्रधानमन्त्रीले अहिलेसम्म बैठक नबोलाएको बताइन् । तर छाया मन्त्रीको कारण संसद्मा पार्टीको प्रभावकारीता बढेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले छायामन्त्रीहरुले प्रगति विवरण बुझाउने बताए । उनले संसद्का विषयगत समिति, विधेयकको अध्ययन, मन्त्रालयभित्रका निितगत कार्यक्रमबारे अनुगमन र निगरानी गर्न छायामन्त्रीलाई जिम्मेवारी दिएको उनको भनाई छ ।

Loading...