fbpx

पत्रपत्रिकामा प्रदेश : अस्पतालमा दलालको बिगबिगी

विराटनगर ११ असोज । गाउँबाट विराटनगर उपचार गराउन आउने बिरामीलाई झुक्याएर सस्तो हुन्छ भन्दै नीजि क्लिनिक र अस्पताल लैजाने दलालका कारण बिरामी ठगिने क्रम बढ्दो छ ।

बिरामीलाई उपचार गर्ने नाममा ठगि गर्ने क्लिनिक सञ्चालकहरु सकृय भएको समाचालाई उद्घोष दैनिकले मुख्य समाचार बनाएको छ । क्लिनिकले राखेका दलालले कोशी अंचल अस्पताल अएका बिरामीलाई समेत फकाएर नीजि क्लिनिक र अस्पताल पुर्याउने गरेका छन् । प्रदेश १ कै ठुलो अस्पताल कोशी अंचल अस्पतालमा समेत दलालहरुको बिगबिगी हुन्छ । अस्पतालबाटै बिरामीलाई फकाएर दलालहरुले सस्तो उपचार हुने भन्दै नीजि क्लिनिक पुर्याउने गरेका छन् । बिरामी फकाउन आउने दलालबारे अस्पताल प्रशासन र सुरक्षा गार्डलाई पनि जानकारी भएपनि मिलेमतोमै त्यस्तो हुने गरेको एक औषधी व्यवसायीले बताए । क्लिनिक सञ्चालकहरुले रिक्सा र इरिक्सा चालकहरुलाई पनि बिरामी खोज्न परिचालन गरेका छन् । विरामी पुर्याएबापत उनीहरुले १ हजार रुपैयाँ पाउने गरेका छन् ।

अस्पताल प्रशासनका नायव सुब्वा नवराज लुईंटेलले कहिलेकाँही त्यस्ता दलालाई पक्रेर प्रहरीलाई बुझाउने गरेको बताए । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बिरामी ठगिएको उजुरी आउने गरेको बताए । तर संघ, प्रदेश र स्थानीय तहबीच जिम्मेवारी बाँडफाड नहुँदा कारबाहीमा भने समस्या भएको उनको भनाई छ ।

निर्माण नसकिँदै लथालिङ्ग शिर्षकमा नागरिक पूर्वेलीमा मूख्य खबर छ । मेची राजमार्गका विभिन्न स्थानमा लागाइएका सोलार डेनिएटर पोस्ट (सडकछेउ खम्बामा राखिएका ट्राफिक बत्ती) निर्माण गरि नसक्दै लथालिङ्ग अवस्थामा पुगेको छ । बालुवामात्रै हालेर गाडीएका खम्बा उखेएिका छन् भने कतिपय हल्लिएका छन् । इलाम स्थित सडक कार्यालयले मेची राजमार्गमा यस्ता बत्ती राख्न गत आर्थिक वर्षमा नै ठेक्का लगाएको थियो । ४० किलोमिटर सडकमा केही सोलार स्टर्स (सडकको भुईमा राखिने बत्ती) र ३ हजार सोलार डेनिएटर पोस्ट राख्न १ करोड रुपैयाँ बढी रकममा जन्मेजय निर्माण सेवाले ठेक्का लिएको छ । गत वर्ष सुर्याेदय नगरपालिकामा र यो वर्ष इलाम र पाँचथरको पौवा भञ्ज्याङमा सोलार राखिएको छ । सडक कार्यालय इलामका इन्जिनियर धु्रव झाले तत्काल निरिक्षण गरेर काम सुधार्न ठेकेदारलाई निर्देशन दिने बताए ।

Loading...