fbpx

कृषि विकास बैंक ह्याकमा संलग्न थप ३ जना पक्राउ

काठमाडौं १० असोज । कृषि विकास बैंकको सिस्टम ह्याक गरी ५ करोड बराबर रकम चोरिएको घटनामा संलग्न भएको आशंकामा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले पर्वतका २६ वर्षीय गणेश बस्याल, मालती देवी न्यौपाने र कञ्चनपुरका यज्ञराज भट्टलाई पक्राउ गरेको हो ।

भट्टको खातमा ४५ लाख र मालतीको खातामा २४ लाख रकम भेटिएपछि उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका बस्यालको भने भारतमा बसेर हृयाकिङको योजना बनाउने काले भनिने पिटरसँग सम्पर्क भएको पाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । बस्यालले मालती न्यौपाने र यसअघि पक्राउ परेका रामकृष्ण भुसाललाई रकम पठाउन लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि घटनामा संलग्न भएको आरोपमा १३ जना पक्राउ गरिसकेका छन् ।

Loading...