fbpx

ठूलो आवाज सुन्दा मस्तिष्कले छिटै प्रतिक्रिया दिन्छ

ठूलो स्वरमा बोलेको कुरालाई मस्तिष्कले छिटै प्रतिक्रिया दिने गर्छ । यदि कसैले ठुलो स्वरमा बोलेको, कराएको वा धम्की दिएको कुरालाई मानिसको दिमागले निकै छिटो प्रतिक्रिया दिने एक अनुसन्धानले देखाएको छ ।

स्विट्जरल्याण्डको जेनेभा विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानमा मानिसको दिमागले ठुलो स्वरको अवाजमा छिट्टै प्रतिक्रिया दिने गरेको कुरालाई पुष्टी गरेको हो ।

अनुसन्धानको क्रममा शोधकर्ताहरुले मानिसको आसपासमा धेरै जसो घटीरहने फरक फरक प्रकारको आवाजमा मानिसको दिमागले के कस्तो प्रतिक्रिया दिन्छ भन्ने कुराको बारेमा अध्ययन गरिएको थियो ।

शोधकर्ताहरुले मानिसको आवाजको ६०० मिलिसेकेण्डको २२ ओटा नमुनाहरु लिएका थिए । उक्त नमुनाहरु एक समुह व्यक्तिहरुलाई सुनाइएको थियो र उनीहरुको दिमागको गतिविधिहरुलाई रेकर्ड गरिएर अनुसन्धान गरिएको थियो ।

साथै, उक्त गतिबिधिहरुबाट निम्तिन सक्ने सम्भावित खतराबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा पनि कुरा भएको थियो । अध्ययनको विवरणमा उल्लेख गरिए अनुसार मानिसको दिमागले कुनै ध्वनी सुनेपछि त्यसको प्रतिक्रिया दिन २०० मिलिसेकेण्ड देखि सुरु गर्छ । जब मानिसले रिसाएको ठुलो स्वर सुन्छ तब, दिमागले तत्कालै त्यसको प्रतिक्रिया दिन सुरु गर्छ र यो लामो समयसम्म मस्तिष्कमा जारी रहन्छ ।

मानिस खुसी हुँदाको अवस्थामा भने रिसाएको अवस्था भन्दा ठिक्क उल्टो हुन्छ । कुनै पनि कुरा देख्नुभन्दा पनि सुन्नमा धेरै शक्ति रहेको अनुसन्धानकर्ताहरुले निष्कर्ष निकालेका छन् । मानिसले कुनै पनि कुरा एकैतर्फ मात्र देख्न सक्छ भने सुन्ने क्षमता ३६० डिग्रीमा हुने गर्छ । त्यसकारण फरक फरक परिस्थितिमा मानिसको मस्तिष्कले विभिन्न प्रतिक्रिया दिने गर्छ ।

Loading...