fbpx

‘छ माया छपक्कै’ को प्यारोडी प्रमोसनल गीत ‘बिच्च बिच्चमा’ (भिडियोसहित)

विराटनगर, १० असोज । असोज २४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै’ को प्यारोडी प्रमोसनल गीत सार्वजनिक भएको छ । प्रदर्शन मिती नजिकिदै गरेको क्रममा फिल्मको प्रमोसनको लागि युत्युब मार्फत गीत सार्वजनिक गरिएको हो ।

गायक दुर्गेश थापाको शब्द, स्वर तथा संगीतमा रहेको पप शैलीको चर्चित तीज गीत ‘बिच्च बिच्चमा’ को संगीतमा रमाइला टुक्का जोडेर बनाइएको गीतमा दर्शकहरुलाई फिल्म हेर्न आग्रह गरिएको छ । शिव बि.केको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिकाश ज्ञवालीले समपदन गरेका हुन् ।

भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा छायांकन गरिएको गीतको भिडियोमा दुर्गेशसहित फिल्मका मुख्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौलालाई देख्न सकिन्छ ।

गीतका कारण फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास गर्दै निर्माण टिमले गीत सार्वजनिक गरेको हो । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ुछ माया छपक्कैुमा ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित फिल्ममा दीपकराज र केकीको जोडी बाँधिएको छ ।

रोहित अधिकारी मुभिजको ब्यानरको सहकार्यमा रहेर फिल्मको कथा निर्देशक दीपेन्द्र आफैले लेखेका हुन् । फिल्मको पटकथा तथा संवादलाई दीपकराज गिरी, जितु नेपाल, अभिमन्यू निरवी र केदार घिमिरेले तयार पारेका हुन् । राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको बिषयमा बनेको फिल्मले ‘छक्का पन्जा’ भन्दा निकै फरक शैलीमा निर्माण गरेको निर्माता समेत रहेका दीपकले बताए ।

Loading...