fbpx

कपाल झर्ने समस्या रोक्न के गर्ने के नगर्ने ?

बंशाणुगत कारण, पोषणको कमी, प्रदुषणका कारण धेरै मानिसहरुलाई कपाल झर्ने समस्याले सताइरहेको हुन्छ । कपाल झर्ने समस्या रोक्नका लागि बजारमा पाइने विभिन्न केमिकलले बनेको श्याम्पू, तेल तथा कन्डिसनरको प्रयोग गर्दा समस्या झन् बल्झिन सक्छ ।

साथै घरेलु उपायका धेरै प्रयासहरु गर्दा पनि प्रतिफल शून्य जस्तै आएको हुन्छ । शरीरमा विभिन्न पोषण तत्वहरुको कमिका कारणले गर्दा कपाल झर्ने समस्या निम्तिन सक्छ ।

यदि दैनिक खाइने खानेकुरामा यस्ता पोषक तत्वहरु समावेश गर्न सकिएमा कपाल झर्ने समस्या रोकिन सक्छ । प्रशस्त आइरन, जिंक भएको खाना खानाले मानिसमा कपाल झर्ने समस्या समाधान हुन सक्छ ।

जिंक र आइरन कपाल झर्न रोक्ने निकै महत्वपूर्ण तत्व हुन् । त्यसैले, खानामा प्रशस्त मात्रामा आइरन तथा जिंक हुने खानाहरु समावेश गर्नु आवश्यक हुन्छ ।

आइरनका लागि पालुङ्गोको साग, ब्रोकाउली, रातो मासु, कलेजो तथा जिंकको लागि पालुङ्गोको साग, अण्डा, गेडागुडी, डेरी प्रद्क्ट्स सबैभन्दा राम्रो स्रोत मानिन्छ । भिटामिन ‘ए’, ‘बि’ तथा ‘डी’ ले पनि मानिसको कपाल झर्नबाट रोक्न सहयोग गर्छ ।

गाजर, आलु, फर्सी, मकै, पालुङ्गो को साग, खुर्सानी जस्ता खानामा प्रशस्त मात्रामा भिटामिन ुएु प्रसस्त पाइन्छ ।

कपाल बचाउन भिटामिन ‘डी’ पनि अतिआवश्यक तत्व हो । सूर्यको प्रकाशमा बस्दा मानिसको शरीरले आफैं भिटामिन ‘डी’ को उत्पादन गर्छ साथै माछामासु, अण्डाको पहेलो भाग, मसरुम, भिंडी, दूध, सुन्तलाको जुसमा पनि धरै मात्रामा भिटामिन ‘डी’ पाइन्छ । भिटामिन ‘बी’ कै भाग रहेको बायोटिन कपालको स्वास्थ्यको लागि एकदम चाहिने हुन्छ । यसलाई ‘बी ७’ को नामले पनि चिनिन्छ ।

बायोटिनको अभाव हुदा कपाल झर्ने, छालाको समस्या देखा पर्न थाल्छ । अण्डा, ओखर, आलु, पालुङ्गो, हाडे बदम जस्ता खानामा बायोटिन पाइन्छ । ओमेगा–३ र ६ तेल मानिसको मुटु, मस्तिष्कको लागि राम्रो मानिनुका साथै यसमा रहेको फ्याट्टी एसिडले कपाल झर्न रोकेर नयाँ कपाल उमार्नका सहयोग गर्छ ।

माछा, गेडागुडी, अंगुरको दाना, फर्सी, नरिवल तथा ओखरबाट निकालिएको तेलमा ओमेगा ३ र ६ प्रसस्त मात्रामा पाइन्छ । यस्ता पोषक तत्वलाई दिनहु सन्तुलित तरिकाले भोजनमा सम्वेष गर्दा कपाल झर्न रोक्नुका साथै कपाल बढाउँन मद्दत गर्छ । तोरीको तेल, जैतुनको तेल, क्यास्टर आइल कपालमा लगाएर कपाल झर्नबाट रोक्न र कपाललाई चम्किलो, बाक्लो र लामो बनाउन सकिन्छ ।

Loading...