fbpx

गर्भावस्थामा तुलसी सेवन गर्दा के हुन्छ ?

तुलसी हिन्दु धर्मालम्बीहरुका लागि अत्यन्तै पूजनीय तथा उपयोगी वनस्पति हो । आयुर्वेदका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता हुन्छ । धार्मिक तथा औषधीय गुणहरु भएको तुलसीलाई दिनदिनै बिहान पूजा गर्नुका साथै यसले मानव जीवनमा पनि निकै महत्व राखेको छ । गर्भावस्थामा कुनै कुरा सेवन गर्नु भन्दा पहिले सोच्न र डाक्टरको परामर्श लिन आवश्यक हुन्छ ।

गर्भावस्थामा कहिले काही स्वास्थ्यलाई निकै फाइदा गर्ने चिजले पनि गर्भमा भएको शिशुलाई हानि गरिरहेको हुन्छ । तुलसीमा म्यागनीज, भिटामिन ुएु,भिटामिन ुसीु, भिटामिन ‘ई’, निकोटिन , रिबोफ्लाविन, पोटेशियम, कपर, फोस्फोरस र म्याग्नेशीयम जस्ता तत्व पाइन्छ । यी तत्वहरुले गर्भवती महिलाहरुको प्रतिरक्षा प्रणाली बलियो बनाउने काम गरेर कयौ मौसमी रोग र इन्फेकशनबाट जोगाउन मद्दत गर्छ ।

भिटामिन र म्यागनीजले शिशुको हड्डि, जोर्नी, मुटु, कलेजो, आंखा र सेन्टर्ल नर्वस सिस्टमको विकासमा मद्दत गर्छ । तुलसीको केहि पातको सेवनले फाइदा पुर्याएपनि हरेक कुराको फाइदासंग संगै बेफाइदाहरु हुने हुदा तुलसीको पातले शरीरमा भयानक साइड इफेक्ट समेत गर्न सक्छ ।

तुलसीको पातको सेवनले शरिरमा सुगरको स्तर आवश्यकता भन्दा कम गरेर रगतलाई समेत पातलो बनाउने क्षमता राख्दछ । तुलसीको पातले गर्भवती महिला तथा गर्भमा हुर्किरहेको बच्चाको स्वास्थ्यलाई पनि नोक्सान पुर्याउन सक्छ ।

तुलसीमा ‘एस्ट्रागल’ नामक तत्व पाइने हुन्छ जसले पछि गएर गर्भपतनको समेत खतरा निम्त्याउन सक्छ । कुनै–कुनै अवस्थामा गर्भपात अर्थात गर्भ भित्रै बच्चा तुहिनेसम्म समस्या निम्तिन सक्छ । तुलसीको पातको सेवनले सन्तान उत्पादन गर्ने उमेरका पुरुष तथा महिलाहरुमा सन्तान उत्पादन गर्ने क्षमतामा ह्रास ल्याइदिन सक्छ ।

तुलसीमा प्रजनन सम्बन्धि हर्मोन कम गर्ने क्षमता हुँदा फर्टिलिटीमा समस्या आउन सक्छ । चाहिने भन्दा धेरै तुलसीको सेवनले चक्कर लाग्ने वा छिट्टै झर्को लाग्ने हुन सक्छ । गर्भावस्थामा वा शरीरमा कुनै स्वास्थ्य समस्या छ भने डाक्टरको सल्लाह अनुसार मात्र तुलसीको सेवन गर्नु पर्छ ।

Loading...