fbpx

शुक्रबार रिलिज : ‘हलमा वारसँग भिड्दै रातो टिका निधारमा’

विराटनगर, १० असोज । फ्राइडे रिलिज अन्तरगत आजबाट देशभर नेपाली फिल्म रातो टिका निधारमासंगै हिन्दी फिल्म वार प्रदर्शनमा आएको छ । फिल्म ‘रातो टिका निधारमा’ अशोक शर्माको निर्देशनमा तयार भएको फिल्म हो ।

बैदेशिक रोजगारीको कारण दशैँमा घर फर्किन नसकेका नेपालीको कथालाई रोचक तरिकाले उठान गरेको फिल्मलाई किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् । कृति फिल्मकी सह निर्देशक पनि हुन् ।

फिल्ममा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता अंकित शर्मा मुख्य भूमिकामा रहेका छ भने नीता ढुङ्गाना, खुस्बु खड्का, रबिन्द्र झा, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म ‘वार’मा बलिउडका दुइ चर्चित अभिनेता ऋतिक रोशन, अभिनेता टाइगर श्राफ संग अभिनेत्री बाणी कपुरले रोमान्स गरेकी छिन् । ‘टू हिरोज वान वार’ को ट्यागलाइन राखिएको फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । आदित्य चोपडाले निर्माण गरेको ‘वार’ एक एक्सन प्रधान फिल्म रहेको छ ।

फिल्ममा ऋतिक र टाइगरको जबरजस्त एक्सन सिन र सस्पेन्स कथा रहेको छ । ठूलो बजेटमा निर्माण भएको फिल्मलाई हिन्दीसँगै तमिल र तेलुगू भाषामा समेत रिलिज गरिने भएको छ । फिल्ममा जीवन्त एक्सन सिन देखाउन कुनै पनि कसर बाकी राखिएको छैन् ।

Loading...