fbpx

राजकुमारी बेट्रिसको इटालियन व्यवसायीसँग विवाह हुने

लण्डन ९ असोज । बेलायतीकी राजकुमारी बेट्रिसको विवाहको मिति तय भएको छ । रानी एलिजाबेथ द्वितीयकी नातिनी राजकुमारी बेट्रिसको बिहेको तिथि तय गरिएको हो ।

बेलायती राजदरबार बकिङघम प्यालेसमा एडवार्डो मापेल्ली मोज्जीसँग उनको विहे सुनिश्चित गरिएको दरबारले जारी गरेको वक्तव्यमा छ । दरबारले बिहीबार जारी गरेको वक्तव्यमा राजदरबारका नयाँ ज्वाँई मोज्जी इटलीका व्यवसायी हुन् । उनको परिवार इटलीमा उच्च वर्गको परिवार मानिन्छ । सेप्टेम्बरको पहिलो हप्तामा इटली गएर आएपछि उनीहरुको विहे सुनिश्चित गरिएको वक्तव्यमा जनाइएको छ । विहे आगामी सन् २०२० मा गरिने वक्तव्यमा उल्लेख छ ।

बेलायती युवराज एन्ड्रयुकी छोरी बेट्रिस अहिले ३१ वर्षकी भइन् । छोरीको विवाह निश्चित भएकोमा प्रशन्न भएको एन्ड्रयुले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । राजकुमारी बेट्रिस बेलायती राजगद्दीको उत्तराधिकारी मध्ये नवौँ क्रममा छिन् ।

Loading...