fbpx

इन्डोनेसियामा ६.५ को भूकम्प : २० जनाको मृत्यु, सय घाइते

इन्डोनेसिया ९ असोज । इन्डोनेसियामा बिहीबार आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् । सयौँ विस्थापित भएका छन् ।

इन्डोनेसियाको दुर्गम क्षेत्रमा पर्ने मालुकु टापुमा गएको भूकम्पपछि आएको पहिरोमा परी एक जना पुरिएका छन् । भुकम्पबाट त्रसित स्थानीय दौडिएर घरबाट बाहिर निस्किएका थिए । उनीहरु लामो समयसम्म सडकमै भेला भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

भुकम्पको कारण कम्तीमा एक सय जना घाइते भएको र २ हजार जना भन्दा बढी बढी घरबार विहिन भएको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अगुस विबोवोले बताए । उनले पछिल्लो विवरण दिदै मृत्यु भएका २० जना मध्ये एक जना नवजात रहेको बताए । अधिकारीहरुका अनुसार एक जनाको हृदयघात भएर मृत्यु भएको छ । अर्की एक महिलाको मोटरसाइकलबाट खसेर मृत्यु भएको छ ।

स्थानीय समय अनुसार विहानको समयमा ६.५ म्याग्निच्युडको भूकम्प आएको थियो । झण्डै चार लाख जना भूकम्पबाट प्रभावित भएका बताइएको छ ।प्रभावित मध्ये अधिकांश त्रसित, कपडामा रगत लागेको, दौडधुप गरेको, सामान्य चोटपटक लागेको अवस्थामा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

स्थानीय समयानुसार बिहान करिब ८ बजेर४५ बजे भूकम्प आएलगत्तै मानिस आत्तिएर घर बाहिर निस्केका थिए । अमेरिकी भूगर्भ विभागका अनुसार मालुकु प्रान्तको आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ भूकम्पको केन्द्र विन्दु रहेको छ । मुख्य भूकम्पपछि अरु एक दर्जन परकम्प गएको र एउटा परकम्प ५.६ म्याग्नीच्यूडको पनि गएको इन्डोनेसियाली भूगर्भ विभागका प्रमुख रहमत ट्रियोनोले बताए ।

Loading...