fbpx

शुक्रबारबाट कोसेली महोत्सव, ९५ स्टल रहने

विराटनगर ९ असोज । विराटनगरमा आयोजना गरिने कोसेली महोत्सवमा ९५ वटा स्टल राखिने भएको छ । शुक्रबारबाट सुरु हुने प्रदेश स्तरीय कोसेली महोत्सवमा ९५ स्टल रहने आयोजक समितिले जानकारी दिएको हो ।

उद्योग संगठन मोरङको महिला उद्यम समिती र नेपाल युवा उद्यमी मञ्चले संयुक्त रुपमा आयोजना गरेको महोत्सव असोज १४ गतेसम्म चल्नेछ । विराटनगरको जैन भवनमा हुने महोत्सवमा घरेलु उत्पादन, हस्तकलाका सामाग्री र अन्य स्वदेशी उत्पादन मात्र प्रर्दशनीमा राखिनेछ । महोत्सवमा एक करोड भन्दाबढी कारोवार हुने अपेक्षा राखिएको आयोजकले जानकारी दिएको छ ।

Loading...