fbpx

ड्रोन हमलाको जिम्मेवार इरान : साउदी अरब

साउदी अरब ९ असोज । साउदी अरबले केही समयअघि आफ्नो तेल प्रशोधन उद्योगमा आक्रमणको दोष इरानलाई दिएको छ । साउदी अरबले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ ।

तर साउदीले युद्धबाट अरबलाई बचाउन खोजी रहेको साउदी विदेश मन्त्रालयका प्रवक्ता अदेल अल जुबैरले बताए । अमेरिका र साउदी अरबले ती आक्रमणमा इरानको संलग्नता भएको दाबी गर्दै आएका छन् ।

साउदी अरबमा उत्पादन हुने करिब आधा जति नै प्रभावित हुनेगरी भएका आक्रमणमा इरानको संलग्नताबाहेक अरू विश्वसनीय आधार नदेखिएको यी दुई देशले बताएका छन् । फ्रान्स, जर्मन र बेलायतले पनि उनीहरुको दावीलाई समर्थन गरेका छन् ।

Loading...