fbpx

पाकिस्तान भूकम्पमा परी मृत्यु हुनेको संख्या ३८ पुग्यो, ५ सय जना घाइते

पाकिस्तान, ९ असोज । पाकिस्तानमा गत मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३८ पुगेको छ । प्रहरीका अनुसार भूकम्पका कारण करिब ५ सय व्यक्ति घाइते भएका छन् र

पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो । (मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ ।

पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महसुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ । रासस

Loading...