fbpx

राजुले तेजाव आक्रमण पीडित मुस्कानका लागि दिए यस्तो खुशी (भिडियोसहित)

विराटनगर, ९ असोज । तेजाव आक्रमण पीडित मुस्कान खातुनको मन पर्ने गायक राजु लामाले उनीसँग भेट गरेका छन् । मंगलबार मुस्कानलाई भेट्नका लागि गायक राजु लामा उनी उपचाररत् कीर्तिपुर अस्पतालमा गएर उनीसँग भेटेका हुन् । राजुले उनको मनपर्ने गीत ‘तिमीलाई देखेर हिमाल हाँसेको‘ गाएर पनि सुनाएका थिए ।

संगीतले स्वास्थ्यमा सुधार ल्याउछ भनेझैँ राजुको गीत सुनेर मुस्कानको अनुहारमा निकै खुशी छाएको देखिन्छ । मुस्कानलाई भेटेर राजुले उनि एक सिकार नभएर बहादुर रहेको बताए । सुन्दरतालाई अनुहारसँग दाँज्नुभन्दा पनि आफू मान्छेको रूपमा कति राम्रो र सहयोगी छौं भन्नेमा भर पर्ने उनले थपे । मुस्कान भर्खर १४ वर्षको छिन् र कोही किन यतिसम्म क्रुर हुन सक्ने र आफूले मुस्कानलाई भेट्दा मन निकै भारी भएको र उनको दुःख र पीडालाई कम गर्न सक्ने क्षमता आफूमा भएको भए केही गर्ने र भविष्यमा यस्तो घटना घट्न नदिनका लागि सबैको साथ जरुरी हुने राजुले बताए ।

भदौ २० शुक्रबारका दिन हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया मुस्कानलाई बिहान ६ बजेतिर विद्यालय जान लागेको बेलामा एसिड प्रहार भएको हो । तेजावका कारण उनको अनुहार, हात र छातीमा चोट लागेको छ ।

Dear Muskan ! You are strong and brave and I know you’ll overcome through it. You are not a Victim, you are a survivor. True beauty has nothing to do with face, its how good we are as a human. She is just fourteen & how can someone be so cruel ? When I met her yesterday my heart was so heavy. I wish I could ease her pain. Sending lots of love & prayers to you and your family. Please do Join us to stop this.#stopacidattacks #acidattackawareness #acidattacksurvivors #becompassionate #nepalgovernment #musicheals #noacidattack #compassionthroughmusic #respectwomen

Posted by Raju Lama (Mongolian Heart) on Wednesday, September 25, 2019

Loading...