fbpx

‘छ माया छपक्कै’ को पोस्टरमा दीपक र केकीको प्रेम

विराटनगर, ९ असोज । असोज २४ गतेबाट प्रदर्शनमा आउने कमेडी जनरामाको फिल्म ‘छ माया छपक्कै’ को पोस्टर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गरेको उक्त फिल्मको निर्माण टिमले प्रचार–प्रसार गर्नको लागि फिल्मको विभिन्न पोस्टरहरू सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको पोस्टरहरूमा अभिनेत्री केकी अधिकारी, अभिनेता दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरे अटेका छन् ।

सार्वजनिक पोस्टरमा दीपक र केकी मायालाई प्रष्ट्याएको देखिन्छ । कमेडी जनरामामा आधारित माया र प्रेमको कथा समेटिएर निर्माण गरिएको फिल्ममा दीपकराज, केकी, केदार र जितुका साथै सुपुष्पा, शिवहरी पौडेल, बिष्णु सापकोटा, प्रकाश घिमिरे, रमा थपलिया र दीपाश्री निरौलालगायत कलाकारहरूको अभिनय रहेको छ ।

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘छ माया छपक्कै’मा ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित फिल्ममा दीपकराज र केकीको जोडी बाँधिएको छ । राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको विषयमा बनेको फिल्मले ‘छक्का पञ्जा’ भन्दा निकै फरक शैलीमा निर्माण गरेको निर्मातासमेत रहेका दीपकले बताए ।

रोहित अधिकारी मुभिजको ब्यानरको सहकार्यमा रहेर फिल्मको कथा निर्देशक दीपेन्द्र आफैँले लेखेका हुन् । फिल्मको पटकथा तथा संवादलाई दीपकराज गिरी, जितु नेपाल, अभिमन्यू निरवी र केदार घिमिरेले तयार पारेका हुन् ।

Loading...