fbpx

पत्रपत्रिकामा देश : मेडिकल कलेजहरुको नाफा डेढ अर्ब, सञ्चालक भन्छन् शुल्क र सिट घटाए कलेज चलाउन सक्दैनौँ

विराटनगर ९ असोज । अर्थिक वर्ष २०७४ ७५ मा मात्रै मुलुकका १४ नीजि मेडिकल कलेजको नाफा डेढ अर्ब रुपैयाँ बढी रहेको छ । यो तथ्यलाई संसदीय समितिको छानबिनका क्रममा समेत उनीहरुले स्वीकार गरेका थिए । तर विद्यार्थीबाट असुलेको बढी रकम फिर्ता गर्न चौतर्फी दबाब परेपछि मेकिल कलेजहरुले विद्यार्थी भर्ना नै रोक्ने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिको प्रतिवेदनमा मेडिकल कलेजहरुको नाफा २ प्रतिशतदेखि ६६ प्रतिशत सम्म रहेको उल्लेख छ । बढी असुलेको शुल्क फिर्ता नदिए सत्याग्रह बस्ने डाक्टर गोविन्द केसीले बताए । अवैध रुपमा असुलेको रकम फिर्ता गर्न चेतावनी दिदै उनले सत्याग्रहसहितको विरोध कार्यक्रम गर्ने चेतावनी दिएको खबर कान्तिपुर दैनिकमा छ ।

यस्तै यही खबरलाई नयाँ पत्रिका दैनिकले मेडिकल कलेजका सञ्चालक चाबी बुझाउँछु भन्छन् सरकारले स्वामित्व लिए के हुन्छ ? शिर्षकमा समाचार छापेको छ । समाचारमा एक मेडिकल कलेजको औषत लागत डेढ अर्ब रुपैयाँ रहेको समाचारमा उल्लेख छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले साच्चिकै चाबी बुझाए प्रदेश सरकार स्वामित्व लिन तयार भएको बताए ।

यता विराटनगर महानगरपालिकाका मेयर भीम पराजुललेपनि चलाउन नसक्ने भए विराटनगर महानगरपालिकाले जिम्मा लिन तयार रहेको बताए । संविधानले स्थानीय तहलाई बलियो बनाएको भन्दै उनले सार्वजनिक नीजि मोडलमा समेत सञ्चालन गर्न सकिने बताए । तर कलेजहरुले साँच्चिकै चाबी बुझाउन खोजको हुन भन्ने नलागेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएको समाचारमा छ ।

इ पासपोर्टमा कमिसन चक्कर राज्यलाई एक अर्ब भार थपिने शिर्षकमा नागरिक दैनिकमा मुख्य समाचार छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले खरिद गरिसिकेको प्रणाली कमिसनको चक्करमा रहादानी विभागले पनि खरिद गर्न खोजेको भन्दै सरकारी उच्च अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । विभागले इ पासपोर्टकोलागि डेढ महिना अघि अन्तर्राष्ट्रिय बोलपत्र आब्हानमार्फत अटोमेटेड बायोमेट्रिक आइडन्टिफिकेसन सिस्टम (एबिआइएस) पनि खरिद गर्न खोजेकोले राज्यमाथि करिब १ अर्ब भार थपिने भएको हो ।

कर्णाली प्रदेशमा हुने विवाहमध्ये ५२ प्रतिशतको उमेर नै नपुगकाहरुको हुने अन्नपूर्ण पोष्टमा खबर छ । कलिलै उमेरमा गरिने विवाहको कारण सम्बन्ध विच्छेद र बहुविवाहका घटना पनि बढेको छ । कुरीति, अभाव, अशिक्षाकै कारण बालविवाह हुने गरेको हो ।

Loading...