fbpx

पत्रपत्रिकामा प्रदेश : दशैंमा छैन् चहलपहल

विराटनगर ९ असोज । दशैँ नजिकिएपनि विराटनगरको बजारमा किनमेल भने अझै शुरु भएको छैन् । विगतमा तिज सकिएलगत्तै किनमेल गर्नेको भिड बढेपनि यो वर्ष घटस्थापना आउनै लाग्दा समेत विराटनगरको बजार क्षेत्र मेन रोडका पसल सुनसान छ । व्यापार न्यून हुदाँ व्यापारीसमेत आश्चर्यमा छन् ।

सर्वसाधारणसँग पैसा नभएको हो कि के हो के हो भन्दै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बुझ्न नसकिएको बताए । उनले किनमेलको लागि जोगवनी जाने परम्पराले पनि विराटनगरको व्यापारमा असर गरिरहेको बताए । जोगवनीमा सस्तोमा सामान पाइन्छ भन्ने भ्रमले नेपाली उपभोक्ता किनमेलको लागि पुग्ने गरेका छन् । विराटनगरका जुत्ता व्यापारी समीर खानले अघिल्लो वर्ष यति बेला जुत्ता किन्नेको भिडभाड लाग्ने गरेको भएपनि यो वर्ष अहिलेसम्म दशैं व्यापार शुरु नभएको बताए । उनले भने ठुला मल र सुपरमार्केटले उपभोक्ता तान्दा रोजीरोटी नै संकटमा परेको बताए ।

विराटनगरका मल र सुपरमार्केटले विभिन्न अफर ल्याएर उपभोक्तालाई आर्कषित गरिरहेका छन् । यो खबर नागरिक पूर्वेलीमा छ । विराटनगरको मुख्य बजारका रुपमा रहेको मेन रोडको क्षेत्रमा भने बाटो भत्काएर लथालिङ्ग पारिएको कारण पनि उपभोक्ताहरु त्यता जान चहादैनन् ।

प्रदेश १ को बजेट अधिवेश बुधबारदेखि अन्त्य भएको समाचार विराटनगरबाट प्रकाशित हुने सबै पत्रिकाले मुख्य खबर बनाएका छन् । गत जेठ १३ गतेदेखि शुरु भएको अधिवेशनले ५ वटा संसोधन सहित ४३ वटा विधेयक पास गरेको छ । ब्लाष्ट टाइम्सले नामाकरण नगरि अन्त्य भयो चौथो अधिवेशन शिर्षकमा मुख्य समाचार छापेको छ । प्रदेश सभाको बैठक समापनका क्रममा बुधबार नेकपा संसदीय दलको तर्फबाट सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सत्ता पक्ष र प्रतिपक्षको सहमतिबाटै अघि बढ्ने प्रतिवद्धता जनाएको खबर जनविद्रोह दैनिकमा छ ।

झारा टार्ने ग्यास अनुगमन शिर्षकमा जनविद्रोह दैनिकमा खबर छ । विराटनगरका एलपिजी ग्यास डिलर र ग्यास उद्योगको अनुगमनमा निस्किएको जिल्ला प्रशासन कार्यालय मोरङको टोली विषयप्रतिको ज्ञान नहुँदा उद्योगीले नै अल्मल्याएका छन् । अनुगमनका क्रममा जिल्ला प्रशासनका प्रशासकीय अधिकृत डम्मरुबल्लभ बराल र नेपाल आयल निगमका सुचना अधिकारी दिवस विष्ट आफै अस्पष्ट देखिए ।

‘ सिलिण्डरको आयू कति हुन्छ ?’ बरालले निगमका सुचना अधिकारी विष्टलाई सोधेको प्रश्नमा ‘२० वर्ष हुन्छ होला’ भन्ने जवाफ दिँदा कोशी ग्यास उद्योगका म्यानेजर सचित उपाध्यायले सिलिण्डरको आयु नहुने वजन कम भएको कुच्चिएको र खिइएकोलाई हटाउने गरेको भन्दै टारे ।

Loading...