fbpx

हवाई आक्रमणमा परी १ सय १० तालिबान लडाकु मारिए

काबुल ८ असोज । अफगानिस्तानमा सुरक्षाकर्मीको हवाई आक्रमणमा परी १ सय १० भन्दा बढी विद्रोही मारिएका छन् । घटनामा अरू चार दर्जनभन्दा बढी विद्रोही लडाकूहरु गम्भीर घाइते पनि भएका अधिकारीहरुले जानकारी बताए ।

अफगानस्तानको उत्तरी क्षेत्रमा पर्ने सारी पुल, जावज्वान र फार्याब प्रान्तमा मङ्गलबार राति सुरक्षाकर्मीले आक्रमण गरेका हुन् । सेनाका उत्तरी क्षेत्रीय प्रवक्ता मोहम्मद हानिफ रेजाइले दिएको जानकारी अनुसार तालिवान लडाकूहरुले अखडा बनाएर राखेको थाहा पाएर सुरक्षाकर्मीहरुले ती ठाउँमा आक्रमण गरेका हुन् ।

सारी पुलको क्वाशक्वारी क्षेत्र, फर्याबको क्वारामक्वाल जिल्ला र जावज्वान प्रान्तको गार्डानमा सुरक्षा कारबाही गरिएको हो । आक्रमणमा परी ५० भन्दा बढी लडाकूहरु घाइते भएका छन् । सुरक्षाकर्मीलाई भने केही नभएको प्रहरीले जनाएको छ । अफगानिस्तानमा हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि मतदानको दिन नजिकिँदै गर्दा सुरक्षा अवस्थालाई मजबुद गराउने उद्देश्यले सुरक्षा कारबाही आक्रामक गराइएको प्रवक्ता रेजाईले बताए ।

Loading...