fbpx

इजिप्टमा एक हजार बढी प्रदर्शनकारी प्रक्राउ

इजिप्ट ८ असोज । इजिप्टमा भएको प्रदर्शनको क्रममा प्रहरीले १ हजारभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । अधिकारवादी दुई समूहले दिएको जानकारी अनुसार राष्ट्रपति अब्देल फताह अल सिसिको बहिर्गमनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई पक्राउ गरिएको हो ।

दुवै संस्थाले पक्राउ परेकाहरूको तथ्याङ्क भने फरक फरक दिएका छन् । इजिप्टीयन सेन्टर फर फ्रिडमस् एण्ड राइट्सले एक हजार तीन जना पक्राउ परेको जनाएको छ । यस्तै इजिप्टीयन सेन्टर फर इकोनोमिक एण्ड सोसियल राइट्सले एक हजार २ सय ९८ जना पक्राउ परेको उल्लेख गरेको छ । कायरो विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक हाजेम होन्सीलाई मङ्गलबार राति घरबाटै पक्राउ गरिएको छ ।

निर्वाचनको बेलामा बर्तमान राष्ट्रपतिको विपक्षमा अभिमत राखेका उनले अहिले पनि सामाजिक सञ्जाल मार्फत राष्ट्रपतिको आलोचना गरिरहेका छन् । यस्तै अन्य पेशा, व्यवसायमा संलग्न तथा बौद्धिक क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गरिएको अधिकारवादी संस्थाहरूले जनाएका छन् ।

Loading...