fbpx

भारतमा बसेर नेपालको बैंक ह्याक : मुख्य योजनाकार अफ्रिकी मूलका काले

काठमाडौँ ८ असोज । कृषि विकास बैङ्क ह्याक गरि रकम निकाल्ने मुख्य योजनाकार भारत बस्ने अफ्रिकी मुलका काले उपनामका पिटर रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । नेपालका बैङ्कहरुबाट रकम निकाल्ने योजनामा रहेका पिटरे भारत बस्दै आएका छन् ।

कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणको योजनाकार पिटरले भारतको मुम्बाईबाटै नेपाली नागरिकलाई परिचालित गरि बैंक ह्याक गर्न सफल भएका हुन् ।  पिटरले नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब नेपाली रुपैयाँ निकाल्ने योजना बनाएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए । पिटरले नेपाली भाषा सहित हिन्दी, अंग्रेजी पनि बोल्न सिकेको र नेपाली नागरिक नै परिचालन गरि बैंकको सिस्टम ह्याक गरेर पैसा निकालेका हुन् ।

पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास कैङ्क, कैलाश विकास बैङ्क र नबिल बैङ्क तथा पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीले जानकारी दिएको छ । बैङ्कबाट रकम चोरी गरेको आरोपमा राजधानीसहित विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १२ जनामाथि नै बैकिङ कसुर सम्बन्धी संगठित अपराधमा मुद्धा चलाइने प्रहरीले जानकारी दिएको छ ।

Loading...